युएईमा धनुषाका एक युवकको ट्रक दुर्घटनामा परी ज्यान गयो
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । वैदेशिक रोजगारीको क्रममा युएई गएका धनुषाका एक युवकको ट्रक दुर्घटनामा परी ज्यान गएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुर बस्ने गँगाई गोईतका ४२ बर्षिय छोरा भागिरथ गोईतको टर्क दुर्घटनामा परी मृत्यू भएको हो । आईतबार नै ट्रक दुर्घटनामा परी ज्यान गुमाए

२०७५ जेठ १५ मंगलबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ । वैदेशिक रोजगारीको क्रममा युएई गएका धनुषाका एक युवकको ट्रक दुर्घटनामा परी ज्यान गएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुर बस्ने गँगाई गोईतका ४२ बर्षिय छोरा भागिरथ गोईतको टर्क दुर्घटनामा परी मृत्यू भएको हो ।
आईतबार नै ट्रक दुर्घटनामा परी ज्यान गुमाएका गोईतको बारेमा मँगलबार मात्र घटना सार्वजनिक भएको हो ।
दुबईको फैजुराह स्थित विगत १६ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका गोईत छुट्टीमा २ वर्ष अघि आएर पुन गएका थिए ।
आमावुवा समेत गुमाएका गोईतको दुई छोरा र एक छोरी सहित उनका श्रीमति रहेका छन् ।
भागिरथको दुर्घटनामा परी मृत्यू भएपछि उनका परिवारको विच्चली भएको छ भने परिवारिक एक मात्र सहारा खोसिएको छ ।
भागिरथको पासपोर्ट नम्बर 07884609 रहेको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यू भएका गोईत परिवारको लागि वैदेशिक रोजगारी प्रवद्र्धन बोर्ड र नेपाली दुतावासले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…