मालपोत कार्यालयका दुई कर्मचारी घुससहित रँगेहात पक्राउ
शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।

२०८० असोज १२ शुक्रबार, दिउँसो ३:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुनसरी मालपोत कार्यालयका दुई कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरीबाट खटेको टोलीले सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र अन्य एक कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।
दुवै जना के कति घुस लिएर पक्राउ गरेको बारे टोलीले खुलाउन मानेनन भने थप जानकारी अख्तियारको केन्द्रीय कार्यालयले केही बरेमा सार्वजनिक गर्ने बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…