फेसबुकमा मुख्यमन्त्री यादवको विरोधमा स्टेटस लेखेपछि जनकपुरबाट एक चिकित्सक पक्राउ
लोकतन्त्रमा आफ्नो वाक स्वतन्त्रता रहेको बेला मुख्यमन्त्रीको बारेमा स्टेटस लेखेकै भरमा उनलाई पक्राउ गर्नु लोकतन्त्रको हनन भएको टिकाटिप्पणी पनि गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।

२०८० असोज ११ बिहीबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको बारेमा समाजिक सँजालमा टिप्पणी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयूर्वेद चिकित्सक अरुण झा नामक व्यक्तिलाई पक्राउ गरेको हो । समाजिक सँजालमा उनले मुख्यमन्त्रीको विरोधमा लेखेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलँगवास्थित दुई समुदायबीच तनाव रहेको बेला झाले मुख्यमन्त्रीले गरेको भाषणलाई कोड गरी फेसबुकमा लेखेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झाले फेसबुकमा–मलँगवामा भएको घटनाका दोषीलाई कारवाही/गोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।” लेखेपछि उनलाई पक्राउ गरिएको हो ।
लोकतन्त्रमा आफ्नो वाक स्वतन्त्रता रहेको बेला मुख्यमन्त्रीको बारेमा स्टेटस लेखेकै भरमा उनलाई पक्राउ गर्नु लोकतन्त्रको हनन भएको टिकाटिप्पणी पनि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…