तराईमा पानीको सँकट आयो, पानीको मुहान रिचार्ज गर्नुपर्छः पूर्व कृषिमन्त्री कुशवाहा
उनले बर्षातको पानी हार्वेस्ट गरी सही प्रयोग, व्यापक बृक्षारोपण, बन जंगलको संरक्षण, सतही सिचाई व्यवस्थापन, ओवरहेड टैंकबाट खानेपानी व्यवस्थापन गरी तराई मधेशमा पानीको सँकटबाट जोगाउन सकिने उपाय सुझाएका छन् ।

२०८० असोज १० बुधबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले तराई मधेशमा पानीको सँकट आउन थालेको बताएका छन् ।
गत गर्मी मौसममा तराई मधेशका अधिकांश ठाऊमा पानीका लागी त्राहिमाम भएको अवस्थामा समेत सरकारले केही नगरेको प्रति खेद प्रकट गर्दै पानीको मुहानहरु रिचार्जको आवश्यकता औल्याएका छन् ।
पूर्वमन्त्री कुशवाहाले पिउने पानी समेत सुक्न थालेको अवस्थामा जनमत पार्टीले समस्याग्रस्त जिल्लाहरुलाई सुख्खा क्षेत्र घोषणा गर्न आन्दोलन शुरू गरेको बताउँदै बीचमै बर्षा सुरु भएपनि पुनः सबैले पानीको सँकट बिर्सेकोप्रति ध्यानाकर्षण गराएका छन् ।
“पानीको संकट क्षणिक रूपमा मात्र टरेको छ। यस बर्षको अवस्था भन्दा पनि बिकराल अवस्था अर्को बर्षको गर्मी महीनामा हुने वाला छ।
यस संकटको समाधानका लागी ठोस कार्यक्रमहरु, द्रुत गतिका योजनाहरु अहिले शुरू गरी सक्नु पर्ने हो, तर यसका लागी संघ, प्रदेश तथा स्थानीय कुनै पनि तहको सरकारले अहिले सम्म कुनै पनि कार्यक्रम फील्डमा शुरू गरेको छैन्। मधेश प्रदेश सरकारले त प्रदेश सांसदलाई बोल्न पनि नदिने हिसाबले प्रदेश सभालाई बन्धक बनाएर राखेको छ।”– उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
यस समस्या समाधानका लागी चुरे क्षेत्रको संरक्षण, चुरे–सिमसार क्षेत्रमा पानीको भण्डारण, हरेक पानीको मुहान र स्रोत प्रयोग स्थलमा पानी रिचार्ज गर्ने प्रविधिको निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।
उनले बर्षातको पानी हार्वेस्ट गरी सही प्रयोग, व्यापक बृक्षारोपण, बन जंगलको संरक्षण, सतही सिचाई व्यवस्थापन, ओवरहेड टैंकबाट खानेपानी व्यवस्थापन गरी तराई मधेशमा पानीको सँकटबाट जोगाउन सकिने उपाय सुझाएका छन् ।
ज्ञातव्य छ, कृषि क्षेत्रमा नयाँ प्रविधि र कृषि क्रान्तीको सुरुवात गर्दा मधेश प्रदेश सरकारले कुशवाहालाई मन्त्री पदबाट हटाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…