धनुषामा महिला उपर बलात्कारको प्रयास, एक जोडी आपत्तिजनक अवस्थामा पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौलीमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरिएको आरोप लगाएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी हिरासतमा राखेको छ । नगरपालिकाकै वडा नं. ७ धबौली बस्ने वर्ष २७ का प्रमोद मण्डलले मानस

२०७५ जेठ १५ मंगलबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौलीमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ ।
स्थानीय एक महिलाले आफूमाथि बलात्कारको प्रयास गरिएको आरोप लगाएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
नगरपालिकाकै वडा नं. ७ धबौली बस्ने वर्ष २७ का प्रमोद मण्डलले मानसिक अवस्था ठिक नभएको एक महिला उपर बलात्कार प्रयास गरिएको आरोप लगाइएको छ ।
महिलाको उजुरीको आधारमा पक्राउ गरिएका मण्डललाई हिरासतमा राखिएको छ भने बलात्कार गरिएको आरोप लगाएपछि प्रहरीले महिलालाई स्वास्थ्य चेकजाँच समेत गराएको छ ।
चेकजाँचको क्रममा बलात्कार नभएको पुष्टि भएपनि बलात्कार प्रयासको आरोपमा मण्डललाई थुनामा राखि थप अनुसन्धान जारी राखेको छ ।
यो घटना गत साताको हो ।
कमला नगरपालिकामा यस्तो घटना :
धनुषाको कमला नगरपालिका वडा नं. ८ मा समाजिक सद्भाव र मर्यादा बिगारेको भन्दै एक जोडीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
ईलाका प्रहरी कार्यालय यदूकूहाले स्थानीयहरुको सूचनाको आधारमा स्थानीय एक युवति र एक युवा अश्लिल हर्कत गरिरहेको अवस्थामा आपत्तिजनक अवस्थामै देखेपछि प्रहरीलाई जिम्मा लगाइएको हो ।
ती युवायुवतिबीच विगत केही महिनादेखि शारिरिक सम्बन्ध रहँदै आएकोमा करिब डेढ साता अघि मात्र करिब ६ बजेसाँझतिर फोनमा कुरा मिलाएर नजिकैको आँप बगैचामा आपत्तिजनक अवस्थामा देखेपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाइएको थियो ।
उनीहरुले समाजिक रितिरिवाज, सद्भाव बिगारेको तथा विकृति फैलाएको भन्दै प्रहरीलाई जिम्मा लगाएर कानुन बमोजिक कारवाहीको लागि माग गरिएपछि दुवै उपर सार्वजनिक मुद्दा दायर गरी थुनामा राखिएको प्रहरी ईन्चार्ज पवन झाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…