जनकनन्दिनीका अध्यक्ष यादव र शहिदनगरका मेयर यादवले आशिफलाई ५० हजार दिने, सोमपाललाई २५ हजार

२०८० भदौ १९ मंगलबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले घोषणा बमोजिम एसिया कप २०२३ मा नेपाल–भारतबीचको खेलमा अर्धसतक लगाएका खेलाडी आसिफ शेखलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । 

गाउँपालिका अध्यक्ष यादवले खेल पूर्व घोषणा गरेको राशी खेलाडीहरुले लक्ष्य पूरा गरेको अनुसार पुरस्कार दिने भएको छ । सोमबार श्रीलँकामा भएको नेपाल–भारतबीचको खेलमा नेपाली खेलाडीहरुलाई हौसला बढाउनको लागि िअध्यक्ष यादले ५० रन बनाएर ५० हजार रुपैयाँ, १०० रन बनाए १ लाख रुपैयाँ व्यक्तिगत तर्फबाट दिने घोषणा गरेका थिए । 

नेपाल–भारतबीचको खेलमा टस हारेर ब्याटिँग गरेका नेपालको टिमबाट आशिफ शेखले ५८ रन बनाए । घोषणा अनुसार उनलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । यस्तै, आशिफसँगकै  पार्टनरशिपमा ४८ रन जोडेका सोमपाल कामीलाई समेत पुरस्कृत गर्ने भएको छ । अध्यक्ष यादवले सोमपाल कामीले ४८ रन बनाउँदा प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ दिने बताएका छन् । 

यस्तै, शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले समेत आशिफ शेखलाई ५० हजार रुपैयाँ दिने भएको छ । आशिफले मात्र अर्धशतक लगाएपछि उनलाई प्रोत्साहन गर्न मेयर यादवले ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । 

नेपाल भारतबीचको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । यससँगै नेपाल कपबाट बाहिरिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लुम्बिनी प्रदेशका चर्चित साहित्यकार ढकालको 'बुह्रान' उपन्यास ल्याउँदै

  • २०८० भदौ १९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् ।  लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले

पूरा पढ्नुहोस्

Bureau Menus