भारतविरुद्ध नेपालको शान्दार बल्लेबाजी, भारतलाई २३१ रनको टारगेट 

२०८० भदौ १८ सोमबार
रति ८:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । श्रीलँकामा भईरहेको एसियाकप २०२३ मा भिडेका नेपाल–भारतबीचको क्रिक्रेट म्याचमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । 

नेपाली खेलाडीहरुले आज भएको म्याचमा शान्दार ब्याटिँग गरेर मन जितेका छन् । भारत जस्तो दिग्गज खेलाडीहरुलाई पसिना चुहाएका नेपालले २३१ रनको लक्ष्य दिएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । तर, यी बीचको खेला नेपालले रोमाञ्चक बनाएको हो ।

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।

ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे । ललित राजवंशी जिरोमै आउट भएका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा 'मिटरब्याज साहुहरु' ले गरे प्रहरी प्रशासन विरुद्ध नाराबाजी 

  • २०८० भदौ १८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रशासनले मिटरब्याजीहरुलाई कानुनी दायरमा ल्याउन थालेपछि मिटरब्याज साहुहरुले समेत प्रशासनको विरुद्धमा आन्दोलन थालेको छ । विभिन्न गाउँबाट आएका साहुहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।  विहिबार

पूरा पढ्नुहोस्

Bureau Menus