क्रिकेटमा शतक लगाउने खेलाडीलाई १ लाख दिने जनकनन्दिनी गापाँ अध्यक्ष यादवको घोषणा
नेपाल पहिलो पटक भारतको सिनियर खेलाडीसँग जुध्न लागेको भन्दै ऐतिहासिक क्षणमा देशका युवा खेलाडीहरुलाई उत्साहित पार्न स्थानीय सरकारको हैसियतले पुरस्कार घोषणा गरेको जानकारी दिए । उनले देश खेलिरहँदा गौरव महसुस भएको बताए । भारतमा नेपालको झण्डा फहराएको हेर्न चान्छु, उनले भने ।

२०८० भदौ १८ सोमबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसिया कप २०२३ मा आज हुन लागेको नेपाल–भारतबीचको खेलमा नेपाली क्रिक्रेटरलाई हौसला बढाउन तराई मधेशका जनप्रतिनीधिहरु पनि अगाडी आएका छन् ।
क्रिकेट म्याच हेर्नको लागि जनकपुरको विभिन्न स्थानमा ठुला पर्दा लगाईएको बेला सरकारी निकायहरुले समेत विदाको घोषणा गरेको छ । विदा मात्र नभई एक स्थानीय तहले पुरस्कार नै घोषणा गरेको हो ।
सोही क्रममा पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्षले नेपाली खेलाडीहरुलाई उत्साह बढाउनको लागि १ लाख रुपैयाँसम्म पुरस्कार घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै म्याचमा १०० रन बनाउने खेलाडीलाई १ लाख रुपैयाँ व्यक्तिगत तर्फबाट प्रदान गरिने बताए ।
गाउँपालिका अध्यक्ष यादवले अर्ध शतक अर्थात ५० रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ भने विकेट तर्फ ह्याट्रीक लिने बलरलाई पनि ५० हजार रुपैयाँ ईनामको घोषणा गरेको हो ।
नेपाल पहिलो पटक भारतको सिनियर खेलाडीसँग जुध्न लागेको भन्दै ऐतिहासिक क्षणमा देशका युवा खेलाडीहरुलाई उत्साहित पार्न स्थानीय सरकारको हैसियतले पुरस्कार घोषणा गरेको जानकारी दिए । उनले देश खेलिरहँदा गौरव महसुस भएको बताए । भारतमा नेपालको झण्डा फहराएको हेर्न चान्छु, उनले भने ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…