क्रिकेटमा शतक लगाउने खेलाडीलाई १ लाख दिने जनकनन्दिनी गापाँ अध्यक्ष यादवको घोषणा 

२०८० भदौ १८ सोमबार
दिउसो २:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एसिया कप २०२३ मा आज हुन लागेको नेपाल–भारतबीचको खेलमा नेपाली क्रिक्रेटरलाई हौसला बढाउन तराई मधेशका जनप्रतिनीधिहरु पनि अगाडी आएका छन् । 

क्रिकेट म्याच हेर्नको लागि जनकपुरको विभिन्न स्थानमा ठुला पर्दा लगाईएको बेला सरकारी निकायहरुले समेत विदाको घोषणा गरेको छ । विदा मात्र नभई एक स्थानीय तहले पुरस्कार नै घोषणा गरेको हो ।

सोही क्रममा पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्षले नेपाली खेलाडीहरुलाई उत्साह बढाउनको लागि १ लाख रुपैयाँसम्म पुरस्कार घोषणा गरेको हो । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै म्याचमा १०० रन बनाउने खेलाडीलाई १ लाख रुपैयाँ व्यक्तिगत तर्फबाट प्रदान गरिने बताए । 

गाउँपालिका अध्यक्ष यादवले अर्ध शतक अर्थात ५० रन बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ भने विकेट तर्फ ह्याट्रीक लिने बलरलाई पनि ५० हजार रुपैयाँ ईनामको घोषणा गरेको हो । 

नेपाल पहिलो पटक भारतको सिनियर खेलाडीसँग जुध्न लागेको भन्दै ऐतिहासिक क्षणमा देशका युवा खेलाडीहरुलाई उत्साहित पार्न स्थानीय सरकारको हैसियतले पुरस्कार घोषणा गरेको जानकारी दिए । उनले देश खेलिरहँदा गौरव महसुस भएको बताए । भारतमा नेपालको झण्डा फहराएको हेर्न चान्छु, उनले भने । 

  • 43%
  • 36%
  • 1%
  • 3%
  • 0%
  • 0%

जनकपुरः बैँक म्यानेजरसहित चार जनामाथि ठगी मुद्दा 

  • २०८० भदौ १८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । सिद्धार्थ बैँक जनकपुरको पिडारीचोकस्थित शाखामा कार्यरत शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) सहित चार जनामाथि ठगी मुद्दा दायर गरिएको छ ।  खाली चेकमा आफूखुसी रकम भरेर बैँकमा चेक बाउन्स

पूरा पढ्नुहोस्

Bureau Menus