क्रिकेटमा आज नेपाल र भारत भिडदै, हरेक छक्का र विकेटमा खेलाडीलाई १ लाख दिने घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । जारी एसिया कप २०२३ को लागि आज नेपाल र भारतबीच खेल हुने भएको छ । नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि खेलको समय तोकिएको हो । आज हुने नेपाल भारतबीचको खेलको लागि क्रिक्रेटप्रेमीहरु अधिक उत्साहित देखिएका छन् । उनीहरुले समाजिक सँजालमा मार्फत आफ्ना टिम, खेलाडीलाई विभिन्न तवरबाट हौस

२०८० भदौ १८ सोमबार, बिहान ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जारी एसिया कप २०२३ को लागि आज नेपाल र भारतबीच खेल हुने भएको छ । नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि खेलको समय तोकिएको हो ।
आज हुने नेपाल भारतबीचको खेलको लागि क्रिक्रेटप्रेमीहरु अधिक उत्साहित देखिएका छन् । उनीहरुले समाजिक सँजालमा मार्फत आफ्ना टिम, खेलाडीलाई विभिन्न तवरबाट हौसला प्रदान गर्न थालेका छन् ।
श्रीलँकामा हुने आजको नेपाल भारतबीचको क्रिक्रेट म्याच उत्साहपूर्ण र रोमाञ्चित हुने भएको छ । खेलाडीहरुलाई हौसला बढाउनको लागि विभिन्न प्रयासहरु गरिएको छ ।
सोही क्रममा नेपालको अर्ना बियर कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला बढाउन नयाँ अफर ल्याएको छ । नेपाली खेलाडीहरुले भारतविरुद्ध हान्ने हरेक छक्कामा रु. १ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
अर्ना बियर कम्पनीले नेपाली खेलाडीलाई प्रत्येक छक्कामा १ लाख रुपैयाँ दिने भएको छ । यस्तै, नेपाली खेलाडीले बौलिँगको क्रममा लिने हरेक विकेटमा सो खेलाडीलाई १ लाख रुपैयाँ दिने भएको छ भने चौका हानेमा २५ हजार रुपैयाँमा दिने घोषणा गरेको हो ।
#Asiacup2023
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…