क्रिकेटमा आज नेपाल र भारत भिडदै, हरेक छक्का र विकेटमा खेलाडीलाई १ लाख दिने घोषणा

२०८० भदौ १८ सोमबार
बिहान ०७:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जारी एसिया कप २०२३ को लागि आज नेपाल र भारतबीच खेल हुने भएको छ । नेपाली समय अनुसार दिउँसो ३ बजेदेखि खेलको समय तोकिएको हो । 

आज हुने नेपाल भारतबीचको खेलको लागि क्रिक्रेटप्रेमीहरु अधिक उत्साहित देखिएका छन् । उनीहरुले समाजिक सँजालमा मार्फत आफ्ना टिम, खेलाडीलाई विभिन्न तवरबाट हौसला प्रदान गर्न थालेका छन् । 

श्रीलँकामा हुने आजको नेपाल भारतबीचको क्रिक्रेट म्याच उत्साहपूर्ण र रोमाञ्चित हुने भएको छ । खेलाडीहरुलाई हौसला बढाउनको लागि विभिन्न प्रयासहरु गरिएको छ । 

सोही क्रममा नेपालको अर्ना बियर कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला बढाउन नयाँ अफर ल्याएको छ । नेपाली खेलाडीहरुले भारतविरुद्ध हान्ने हरेक छक्कामा रु. १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

अर्ना बियर कम्पनीले नेपाली खेलाडीलाई प्रत्येक छक्कामा १ लाख रुपैयाँ दिने भएको छ । यस्तै, नेपाली खेलाडीले बौलिँगको क्रममा लिने हरेक विकेटमा सो खेलाडीलाई १ लाख रुपैयाँ दिने भएको छ भने चौका हानेमा २५ हजार रुपैयाँमा दिने घोषणा गरेको हो । 

#Asiacup2023

  • 90%
  • 0%
  • 1%
  • 4%
  • 0%
  • 1%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८० भदौ १८ सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus