हिन्दुस्तानसँग खेल्न नेपाली क्रिकेट टोली श्रीलँकामा
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।

२०८० भदौ १४ बिहीबार, राति ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो ।
नेपालले दोस्रो खेल भदौ १८ गते अर्को बलियो टोली भारतसँग श्रीलङ्काको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानसँगको हारले नेपालको अघिल्लो यात्रा कमजोर बनेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
जितका लागि पाकिस्तानले दिएको तीन सय ४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार ९१०४० रनमा समेटिएको थियो । पाकिस्तानविरुद्ध पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्न लागेको नेपालका लागि अर्को बिलयो टोली भारतसँग सुधारिएको प्रदर्शन गर्ने चुनौती रहेको छ ।
एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…