जग्गा विवाद हुँदा तीन घाईते , टाउकोमा कोदालोले हानेपछि...
कोदालोले टाउकोमा हानेपछि टाउको फुटाएको छ भने शरिरको विभिन्न भागमा गम्भिर चोट लागेर अँगभँग भएको हो ।

२०७५ जेठ १४ सोमबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुुरधाम, १४ जेठ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा जग्गा विवाद हुुदाँ तीन जना घाइते भएका छन् ।
नगरपालिकाको वडा नं. ८ दिगम्वरपुुरमा आज भएको विवादपछिको झडपमा परी स्थानीय देवनारायण महतो, उदय महतो र सत्यनारायण महतो घाईते भएका छन् ।
स्थानीय महावीर साह सहित उनका छोराहरु सुनिल साह र विनोद साहले त्यही बस्ने छिमेकी सत्यनारायण महतोलाई कोदालोले टाउकोमै हान्दा गम्भिर चोट लागि गम्भिर घाईते भएका छन् भने अन्य दुई समेत समान्य घाईते भएको प्रहरीले जनाएको छ ।
कोदालोले टाउकोमा हानेपछि टाउको फुटाएको छ भने शरिरको विभिन्न भागमा गम्भिर चोट लागेर अँगभँग भएको हो ।
देव नारायण महतो र उदय महतोको अवस्था समान्य रहेपनि शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
जानकारी अनुसार, गम्भीर घार्इते भएका सत्यनारायण महतोको जग्गा महावीरले आँशिक हडपेकोबारे विवाद भएको थियो ।
यता, जग्गा सम्वन्धी विवादमा कुुटाकुुट हुुँदा तीन जना घाइते भएको र्इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुुमार सिंहले पुष्टि गरेका छन् ।
स्थानीय महावीर साहले आफ्ना छोराहरुलाई कुटने आदेशाज्ञा दिएपछि छोराहरुले कुुटेको जनाए ।
यता, सुरक्षाको लागि यसअघि प्रहरी प्रशासन गुहारेको भएपनि कुनै पनि एक्सन नलिएको तथा प्रहरीकै ईसारामा यस्तो घटना भएको आरोप पीडितहरुले लगाएका छन् ।
घटनाको बारेमा अनुसन्धान भईरहेको छ भने घाईतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…