
एजेन्सी । विद्यालयमा शिक्षकको लागि राखिएको पानीको भाँडोबाट पानी खाएपछि एक दलित बालक मृत्यूको मुखमा गएका छन् ।
छिमेकी मुलुक भारतको राजस्थानमा शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको आरोपमा एक दलित समुदायका ९ वर्षीय बालक कुटिएका छन्। उक्त पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको शनिबार मृत्यु भएको छ।
प्रहरीले शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ। उक्त घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको हो। द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ।
मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख दिने घोषणा गरेका छन्।
मधेश प्रदेशः बारामा दुई दिनमा दुई जनाको हत्या
- २०८० भदौ ३ आइतबार
न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लामा दुई दिनमा दुई जनाको हत्या घटनाले तरँग भएको छ । बारामा हत्याको श्रृङखला शुरू भएको छ । एउटै नगरपालिकामा दुईदिनमा दुईजनाको हत्या
पूरा पढ्नुहोस्