शिक्षकको लागि राखिएको भाँडाबाट पानी खाएपछि निर्घात कुटिएका दलित बालकको मृत्यू
मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख दिने घोषणा गरेका छन्।

२०८० भदौ ३ आइतबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

एजेन्सी । विद्यालयमा शिक्षकको लागि राखिएको पानीको भाँडोबाट पानी खाएपछि एक दलित बालक मृत्यूको मुखमा गएका छन् ।
छिमेकी मुलुक भारतको राजस्थानमा शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको आरोपमा एक दलित समुदायका ९ वर्षीय बालक कुटिएका छन्। उक्त पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको शनिबार मृत्यु भएको छ।
प्रहरीले शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ। उक्त घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको हो। द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ।
मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख दिने घोषणा गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…