साउदी अरबको ताबुकमा नेपाली श्रमिकहरुको लागि पासपोर्ट शिविर
महावाणिज्यदूतको कार्यालयले श्रम सहचारी सहचारी तमराज काफ्लेको नेतृत्वमा टोली खटाएको हो । राहदानी शिविरमा फाराम बुझाउनका लागि ताबुक क्षेत्रको दुबा, हाकल, सरमा, अलवज, आरार, ताइमाबाट श्रमिकहरू पुगेका थिए ।

२०८० साउन ३२ बिहीबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली श्रमिकहरुको पासपोर्टमा सहजता ल्याउनको लागि साउदीस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर सँचालन गरेको छ ।
साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राजधानी रियादबाट १३ सय किलोमिटर टाढा रहेको ताबुकमा आयोजित राहदानी शिविरबाट ३ सय ९१ जनाको विद्युतीय राहदानीको फाराम संकलन गरेको हो ।
गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ताबुकको संयोजकत्वमा महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर गर्न टोली खटाएको कान्तिपुर दैनिकको अनलाइन सँस्करमा समाचार छ ।
‘ताबुकबाट रियाद वा जेद्दा जानरआउन निकै कठिन थियो । श्रमिकलाई बिदा पाइदैन्थ्यो । यहाँ नै शिविर भएपछि हाम्रो समय मात्रै होइन रकम पनि बचत भएको छ,’ एनआरएन, ताबुकका अध्यक्ष नरबहादुर खतिवडालाई उदृत गर्दै कान्तिपुरले समाचार प्रकाशित गरेको हो ।
महावाणिज्यदूतको कार्यालयले श्रम सहचारी सहचारी तमराज काफ्लेको नेतृत्वमा टोली खटाएको हो । राहदानी शिविरमा फाराम बुझाउनका लागि ताबुक क्षेत्रको दुबा, हाकल, सरमा, अलवज, आरार, ताइमाबाट श्रमिकहरू पुगेका थिए ।
एकदिने शिविर भएपनि श्रमिकहरुको चाप बढेपछि दुई दिन पुर्याइएको थियो । यसैबीच गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको ९औं वार्षिकोत्सवसमेत मनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…