साहु महाजनको फन्दामा फँसेर नवजात शिशुसहित जेल जीवन बिताउँदै सँगीता
मँगलबार सिरहाका पत्रकारको टिम पीडित महतोको घरमा पुगि उनको श्रीमान दुखि महतो संग घटना सम्बन्धि जानकारी लिएका छन् । सो क्रममा दुखी महतोले ३ जना मिलेर यो दुर्दसा बनाएको बताएका छन।

२०८० साउन ३१ बुधबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित साहु महाजनको फन्दामा फँसेर एक महिला आफ्नो नवजात शिशुसहित जेल गएकी छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ बस्ने स्थानीय दुखि महतोकी श्रीमति संगिता कुमारी महतो नवजात शिशुसहित जेल गएकी हुन् । उनी बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन ।
घरको नाजुक अवस्थाका कारण तथा आर्थिक स्थिति अन्यन्तै कमजोर भएकी संगिताको श्रीमानलाई साहु महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमान बताउन उनले जेल जीवन बिताउनु परेको हो ।
श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६÷६÷१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा नभएपछि उनलाई बैंकिङ कसुर मुद्दा लागेको हो ।
गोलबजार नगरपालिका वडा नं. ४ कै स्थानीय राम भजन महतोले बादी भई मुद्दा चलाए पछि उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दा ०७७-CB--०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतोले कारागार जीवन भोग्दै आएकी हुन ।
मँगलबार सिरहाका पत्रकारको टिम पीडित महतोको घरमा पुगि उनको श्रीमान दुखि महतो संग घटना सम्बन्धि जानकारी लिएका छन् । सो क्रममा दुखी महतोले ३ जना मिलेर यो दुर्दसा बनाएको बताएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…