साहु महाजनको फन्दामा फँसेर नवजात शिशुसहित जेल जीवन बिताउँदै सँगीता

२०८० श्रावण ३१ बुधबार
बिहान ०८:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित साहु महाजनको फन्दामा फँसेर एक महिला आफ्नो नवजात शिशुसहित जेल गएकी छन् । 

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ बस्ने स्थानीय दुखि महतोकी श्रीमति संगिता कुमारी महतो नवजात शिशुसहित जेल गएकी हुन् । उनी बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा जेल जीवन बिताई रहेकी छिन । 

घरको नाजुक अवस्थाका कारण तथा आर्थिक स्थिति अन्यन्तै कमजोर भएकी संगिताको श्रीमानलाई साहु महाजनहरुले मानसिक तनाब दिन थालेपछि श्रीमान बताउन उनले जेल जीवन बिताउनु परेको हो । 

श्रीमानको बेइजती देख्न नसकी उनले जनता बैंक लिमिटेड गोलबजार शाखामा रहेको उनको नामको खाता नंबर १०९१०४०५३२०२८०१ मा साहुले भुक्तानी पाउने गरी मिति २०७६÷६÷१० मा रु ५,५०,००० रकमको चेक नंवर ०७०६४९७९ को चेक साहुलाई दिएको थियो तर चेक अनुसारको रकम खातामा नभएपछि उनलाई बैंकिङ कसुर मुद्दा लागेको हो । 

गोलबजार नगरपालिका वडा नं. ४ कै स्थानीय राम भजन महतोले बादी भई मुद्दा चलाए पछि उच्च अदालत जनकपुर संयुक्त बाणिज्य ईजलास , ईजलास नंवर ५ मुद्दा ०७७-CB--०००१ निर्णय नंबर ७ अनुसार संगिता कुमारी महतोले कारागार जीवन भोग्दै आएकी हुन । 

मँगलबार सिरहाका पत्रकारको टिम पीडित महतोको घरमा पुगि उनको श्रीमान दुखि महतो संग घटना सम्बन्धि  जानकारी लिएका छन् । सो क्रममा दुखी महतोले ३ जना मिलेर यो दुर्दसा बनाएको बताएका छन। 

  • 0%
  • 0%
  • 1%
  • 0%
  • 97%
  • 2%

'स्थानीय तह कर्मचारीको आकर्षण केन्द्र नबन्नु'

  • २०८० श्रावण ३१ बुधबार
  • सबिता शर्मा

 नेपालको वर्तमान संविधान २०७२ , २०७२ साल असोज ३ गते जारी भई सकेपछी संङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश तथा स्थानीय तह गरि तिन तहको हुने र नेपालमा

पूरा पढ्नुहोस्

Bureau Menus