तरुण दल धनुषाको एक दिने कार्यकर्ता प्रशिक्षण सम्पन्न
विनय कुमार यादव | जनकपुरधाम, १३ जेठ । तरुण दल जिल्ला कार्य समिति धनुषाले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा शनिबार जिल्ला कार्य समितिको आयोजनामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा मोटो सँख्याका कार्यकर्ताहरुले प्रशिक्षण ग्रहण गरेका छन् । दलका नगर सँयोजक लक्ष्मी

२०७५ जेठ १३ आइतबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ
विनय कुमार यादव |
जनकपुरधाम, १३ जेठ । तरुण दल जिल्ला कार्य समिति धनुषाले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिकामा शनिबार जिल्ला कार्य समितिको आयोजनामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा मोटो सँख्याका कार्यकर्ताहरुले प्रशिक्षण ग्रहण गरेका छन् ।
दलका नगर सँयोजक लक्ष्मी साहकोे अध्यक्षता एवम् नगरपालिकाका प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा देशमा लागु लोकतन्त्रको सँस्थागत र पार्टीलाई अगाडी बढाउने सम्बन्धमा कार्यकर्ताहरुलाई प्रकाश पारिएको थियो ।
कार्यक्रममा क्षेत्र नं. १ का विजय कुमार मण्डल सहित १ (ख) का सँयोजक हेमन्त कुमार यादव, वडा नं. १ का वडाध्यक्ष बिशुन्देव यादव , ८ का बिनोद, दिप लामा लगायत काङ्ग्रेस नेता लक्ष्मी नारायण मण्डल तरुन दलका सदस्य नवल किशोर मण्डल, राजेश कुमार मण्डल सिनोद मण्डल लगायतको उपस्थिति रहेको थियो।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…