धनुषामा सुक्न थाले रोपिएको धान, सुख्खा क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने कसरतमा प्रशासन
‘मधेश प्रदेशमा पिउने पानी र सिँचाइका लागि सरकारले राहत प्याकेजका लागि गृहकार्य गरिरहेको छ ’ उनले भने, सुख्खाग्रस्त क्षेत्र घोषणा भए लगतै काम अगाडि बढनेछ । पर्सा जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने आधारसहित सिफारिस गरेको छ ।

२०८० साउन १८ बिहीबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका सुख्खाग्रस्त जिल्लाहरुमा सरकारले राहत प्याकेज बनाएर पिउने पानी र सिँचाइका लागि काम गर्ने भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले धनुषा र पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी९सीडीओ० काशीराज दाहालको अध्यक्षतामा बसेको बृहत् बैठकले सुख्खाग्रस्त क्षेत्र घोषणाका लागि कृषि र गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
‘धनुषा जिल्लामा आवश्यक वर्षा नहुँदा पिउने पानी र सिँचाइमा संकट देखिएको छ ’ धनुषाका सीडीओ दाहालले भने, हालसम्मको अवस्थाको मूल्यांकन गर्दा धनुषामा ३३ प्रतिशत पनि धान रोपाइँको सम्भावना छैन् । रोपिएको धान पनि सुक्न थालेको उनले बताए । जिल्लामा पिउने पानीको पनि गम्भीर समस्या देखिएको दाहालले बताए ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेपछि संघीय दैवी प्रकोप उद्धार समितिले घोषणा गर्नेछ । सुख्खाग्रस्त क्षेत्र घोषणा नहुँदा तीनै तहको सरकारलाई राहत सम्बन्धी काम गर्न कठिनाइ भइरहेको छ ।
सुख्खा क्षेत्र घोषणा भए लगतै प्रदेश सरकारले संघीय र स्थानीय सरकारसित समन्वय गरी तत्काल राहत प्याकेजको घोषणा गर्ने तयारीमा रहेको मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले बताए ।
‘मधेश प्रदेशमा पिउने पानी र सिँचाइका लागि सरकारले राहत प्याकेजका लागि गृहकार्य गरिरहेको छ ’ उनले भने, सुख्खाग्रस्त क्षेत्र घोषणा भए लगतै काम अगाडि बढनेछ । पर्सा जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने आधारसहित सिफारिस गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…