स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । देशमा बेरोजगारी बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्नका लागि श्री उदय नारायण मेमोरियल ट्रस्टको आयोजना र गोलबजार नगरपालिकाको सहयोगमा ३ दिने सर्फ र लहठी बनाउने तालिम सम्पन्न भएको छ । गोलबजार नपा-१२ बेतौनामा आयोजित तालिममा स्थानीय गरीब, दलित, पिछ्डावर्ग, जनजाति लगाय

२०७५ जेठ ११ शुक्रबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । देशमा बेरोजगारी बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्नका लागि श्री उदय नारायण मेमोरियल ट्रस्टको आयोजना र गोलबजार नगरपालिकाको सहयोगमा ३ दिने सर्फ र लहठी बनाउने तालिम सम्पन्न भएको छ ।
गोलबजार नपा-१२ बेतौनामा आयोजित तालिममा स्थानीय गरीब, दलित, पिछ्डावर्ग, जनजाति लगायतका महिला सदस्यहरु सहभागि थिए ।
सो कार्यक्रममा प्रशिक्षकले सहभागिहरुलाई सर्फ र लहठी बनाउनको लागि आवश्यक सामाग्रीहरुका बारेमा प्रष्ट पार्दै सो सामानहरु बनाउने प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षण पश्चात् आयोजक समितिका सदस्य बिन्द मण्डल, बिजय राय र दिलिप मण्डलले सहभागीहरुलाई प्रमाण-पत्र वितरण गरेका थिए ।
प्रशिक्षणमा सहभागी महिलाहरुले तीन दिनको अवधिमा सर्फ र लहठी बनाउने शिप सिकेपछि आफहरुलाई बाँच्ने आधार बनेको बताइन् ।
कार्यक्रममा आयोजक समितिका सदस्य बिनोद रायले तालिमको उद्देश्य र सीपको महत्व बारेमा पनि प्रष्ट पारेका थिए । प्रशिक्षण कार्यक्रममा ६० बढी महिलाहरुको सहभागिता रहेको ब्यूरो सहकर्मी नागेश्वर रायले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…