जानकी मन्दिरमा अश्लिल भिडियो बनाउने युवति पनि पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमका अनुसार, युवतिलाई आईतबार बिहानै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । सोमबार पत्रकार सम्मेलन गरी थप विवरण दिने उनले बताए ।

२०८० साउन १४ आइतबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरको विवाहमण्डप (मडवा) मा अश्लिल भिडियो बनाउन लगाउने युवति पनि पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले युवतिलाई आईतबार पक्राउ गरेको हो । केही दिन अगाडी जानकी मन्दिरस्थित मडवामा संवेदनशिल अँगहरुमा स्पर्स गराउँदै अश्लिल भिडियो बनाएर टिकटोकमा सार्वजनिक गरेकी थिईन् । टिकटोकमा भाईरल हुनको लागि उनले गरेको हर्कतपछि धनुषा प्रहरीले कडा एक्सन लिएको हो ।
दुई दिन अगाडी मात्र टिकटोक बनाउने युवकलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ भने आईतबार युवतिलाई पनि उनको घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको हो । जानकारी अनुसार, युवति धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानीकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमका अनुसार, युवतिलाई आईतबार बिहानै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । सोमबार पत्रकार सम्मेलन गरी थप विवरण दिने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…