कृषिमन्त्रीबाट बसन्त कुशवाहा हटाईएपछि बेसाहारा भए मधेशका किसान
जातीय चेपुवामा परेका मन्त्री कुशवाहालाई पुनः कृषि मन्त्रालयको जिम्मेवारीको लागि मधेशका किसानहरुको माग छ । किसानको लागि केही भएपनि काम गरी देखाएका उनलाई पदीय खोसुवामा पारि महिनौदेखि विना विभागीय मन्त्रीको रुपमा थन्काईएको हो । कुशवाहासँगै मन्त्री पदको लोभमा पार्टी बदलेर जसपा बनेकी सुरिता साह समेत अझै विना बिभागीय मन्त्रीको रुपमा रहँदै आएकी हुन् ।

२०८० साउन ७ आइतबार, बिहान ७:४४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहा पदबाट हटाईएपछि मधेशका किसानहरु बेसाहारा भएका छन् ।
आर्थिक बर्ष २०८० ०८१ को लागि उनले ल्याएको ३२ बुँदे योजनालाई विफल पार्नको लागि जातीय र राजनीतिक चक्कीमा पिसिएका पूर्व कृषिमन्त्री कुशवाहालाई हटाईएपछि मधेश किसानहरु पुनः बेसाहारा भएका छन् ।
असार १ गतेदेखि नै पर्याप्त रुपमा मलको व्यवस्था मिलाउन सफल भएका पहिलो मन्त्रीको रुपमा चिनिएका कुशवाहालाई जातीय चक्रव्यूहमा राखेर हटाइएको हो । मन्त्री बनेको केही महिनाको अन्तरालमै मधेशका किसानहरुको लागि ल्याएको विभिन्न योजनाहरुबाट आजित भएका वर्तमान सरकारले राजनीतिक पहिरो जाने डरले पदबाट हटाएपछि यहाँका किसानहरु अझै मार्कामा छन् ।
सिँचाईको लागि समेत नयाँ योजना तयार पारेका उनलाई किसानको मुद्दासँग राजनीति गर्नको लागि नियतवंश हटाइएको हो । अहिले मन्त्री कुशवाहा बिना विभागिय मन्त्रीको रुपमा रहेका छन् । यद्यपी, उनलाई पुनः अर्को मन्त्रालय दिने सम्भावना अन्त्यन्तै न्यून मानिएको छ । मधेशमा चलेको जातीय राजनीतिको शिकार भएका उनलाई कुनै विभागको मन्त्री दिने कुनै तुक देखिएको छैनन् ।
जातीय चेपुवामा परेका मन्त्री कुशवाहालाई पुनः कृषि मन्त्रालयको जिम्मेवारीको लागि मधेशका किसानहरुको माग छ । किसानको लागि केही भएपनि काम गरी देखाएका उनलाई पदीय खोसुवामा पारि महिनौदेखि विना विभागीय मन्त्रीको रुपमा थन्काईएको हो । कुशवाहासँगै मन्त्री पदको लोभमा पार्टी बदलेर जसपा बनेकी सुरिता साह समेत अझै विना बिभागीय मन्त्रीको रुपमा रहँदै आएकी हुन् ।
प्रदेश सरकारमा हाल जसपा मुख्यमन्त्री सरोज कुमार यादव, अर्थमन्त्री सञ्जय कुमार यादव, उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवार र बिना विभागीय मन्त्री साह रहेका छन् । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादव र स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह रहेका छन् । जनमतका शिक्षा मन्त्री महेशप्रसाद यादव र बिना विभागीय मन्त्री वसन्त कुशवाहा रहेका छन् । लोसपाबाट वन तथा वातावरण मन्त्री रमेश पटेल, नेकपा एसबाट कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…