मजदुरको अभाव भएको गुनासोपछि आफैँ मधेशका पूर्व कृषिमन्त्री कुशवाहाको टिमले रोपे धान
मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै मन्त्री कुशवाहाले खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनुपर्ने धारणा राखे ।

२०८० असार २९ शुक्रबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका चर्चित एवम् मिशनरी मन्त्री मानिएका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले किसानको खेतमा श्रमदान सुरु गरेका छन् ।
सो क्रममा उनले विहिबार महोत्तरी जिल्लाको महोतरी गाऊँपालिका वडा नं. ५ मा सार्वजनिक श्रमदान अन्तर्गत धान रोपाई गरेका छन् ।
धान रोप्ने मुख्य समयमा कृषि मजदुर अभावका कारण रोपाईको काम हुन नसकेको गुनासो आएपछि उनले टिमसहित धान रोपाई गरिदिएका हुन् ।
महोत्तरी गाउँपालिका निवासी कृष्ण साह नामक किसानले अहिले खेतमा धान रोप्नको लागि मजदुर अभाव भएको गुनासो गरेपछि पूर्व कृषिमन्त्री कुशवाहाले आफ्ना टिमसहित धान रोपेका हुन् । 
“ एक जना किसानले धान रोप्न चाहेर पनि मजदुर अभावमा धान रोप्न सकेनौँ भनेर गुनासो गर्नुभयो, सोही अनुरूप स्वराजी साथीहरुको सहयोगमा हामीसहित माननीय अनिता साह जी, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य ई. शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो जीको सहभागितामा करीब १ बिगहामा धान रोपाई गर्यौ ।”
मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउँदै मन्त्री कुशवाहाले खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनुपर्ने धारणा राखे ।
केही महिना अगाडी मात्र कुशवाहा कृषिमन्त्री हुँदा मधेशका किसानहरुको हितमा नयाँ नयाँ योजना, पर्याप्त मलको व्यवस्था गरेका थिए । यद्यपी, उनलाई सो पदबाट पूर्वाग्रह तवरले हटाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…