सिरहामा प्रहरी यातना काण्डः ईन्सपेक्टर बचाउन डिएसपी पाण्डेको निराधार कहानी
डिएसपी पाण्डेले सिरहामा तस्करी र महिनावारी तोकेका पत्रकारलाई प्रयोग गर्न सुरु गरेका छन् । मधेश प्रदेशका डिआईजी जनक भट्टराई आफैँ घटनाको बारेमा बुझ्न सिरहा पुगेपछि डिएसपी पाण्डेले केही बोर्डरे पत्रकारहरुलाई प्रयोगमा ल्याउन सुरु गरेका छन् ।

२०८० असार २८ बिहीबार, बिहान ८:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक प्रहरी हबल्दारलाई पाता कसेर यातना दिएको भिडियो समाजिक सँजालमा भाईरल बनेको बेला सिरहाका प्रवक्ताले आरोपित ईन्सपेक्टर बचाउन कसरत जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हेमन्त राईले दिएको यातनाको भिडियो राष्ट्रिय मिडियासम्म पुगेको छ । सो सन्दर्भमा डिएसपी रबिन्द्रराज पाण्डेले भिडियोमाथि टिप्पणी गर्दै रक्सी खाएर नागरिकलाई परेशान गरेपछि अनुशासनको नाममा हातखुट्टा बाँधेको प्रतिक्रिया दिएका छन् ।
प्रवक्ता पाण्डेले प्रहरी हबल्दार अनु रायलाई रक्सी खाएर अनुशासन विपरित कार्यहरु गरेपछि अनुशान तहत कारवाही गरेको भनेपछि प्रादेशिक अस्पताल सिरहामा गराईएको मेडिकल रिपोर्टमा उनले रक्सी नखाएको पाईएको छ । डिएसपीकै रोहबरमा भएको मेडिकल जाँच, मापसे जाँचको क्रममा हबल्दार रायले रक्सी सेवन नगरेको पुष्टिसहितको रिपोर्ट देखिएको छ ।
डिएसपी पाण्डेले सिरहामा तस्करी र महिनावारी तोकेका पत्रकारलाई प्रयोग गर्न सुरु गरेका छन् । मधेश प्रदेशका डिआईजी जनक भट्टराई आफैँ घटनाको बारेमा बुझ्न सिरहा पुगेपछि डिएसपी पाण्डेले केही बोर्डरे पत्रकारहरुलाई प्रयोगमा ल्याउन सुरु गरेका छन् ।
केही मिडियाहरुले सो प्रकरणको “भित्री पाटो” को नाम दिएर तथाकथित रुपमा मानवीय संवेदनशिलता समेत पन्छाउँदै डिएसपी बचाउको लागि समाचार प्रकाशित गरेको देखिएको छ । समाचारमा हबल्दार रायले रक्सी खाएर आम नागरिकलाई दुःख दिएको आरोप लगाएपछि अस्पतालको रिपोर्टले झुठमा ताल्चा लगाईदिएको हो ।
हेर्नुहोस अस्पतालको रिपोर्ट

सिरहाको लहानमा कार्यरत रहेको बेला प्रहरी जवान अन्नु कुमार राय गत वि.सं. २०७८ साल जेठ ९ गते रातीमा रक्सी चोरीको आरोपमा निलम्बनमा परेका थिए । सो प्रकरणमा अन्नु कुमार राय मात्र ड्युटीमा खटेका थिए, चोरी भने कमाण्ड सम्हालेका असई नवलकिशोर ठाकुरले गरेका थिए । ड्युटीमा सँगै रहेकै कारण असईसहित तीन जनालाई निम्लबन गर्ने गरी कारवाही गरिएको थियो ।
असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका वडा नं. २३ गढिया चोकमा खटिएको थियो। निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको बेला पसले फरार भएपछि असईले रक्सीको बोतल चोरेको सिसिटिभी फुटेज भाईरल बनेको थियो ।
यो पनि हेर्नुहोस
सोही घटनालाई हबाला दिँदै डिएसपी पाण्डेले यस घटनालाई समेत जोडन खोजिरहेको आरोप परिवारजनको छ । अन्नु रायलाई जिल्ला प्रहरी कार्यालय परिसरमै हातखुट्टा बाँधेर यातना दिएको भिडियो बाहिरिएको छ । समाजिक सँजालमा सो भिडियो सबभन्दा पहिले न्यूज ब्यूरोले प्रसारण गरेको थियो । सोही भिडियोको कापी (प्रतिलिपी) राष्ट्रिय मिडियासम्म पुगेपछि डिआईजी भट्टराईले एक्सन लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…