'साला दलित' भन्दै वडा अध्यक्ष र कार्यपालिका सदस्यको श्रीमान मिलेर दलित कुटे
पुनितले आफुले कुनै रेर्कड नगरेको, मेरो मोवाईल चेक गर्नु भन्दैमा मोलाजिमले “मार सला दलितलाई” भनेपछि रविन्द्र सिहंले पुनित पासवानको मुखमा मुका हान्न थालेको प्रत्यक्षदर्शीहरुले बताएको छ ।

२०८० असार २२ शुक्रबार, बेलुकी ७:३९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगरमा एक वडाध्यक्ष र दुई कार्यपालिका सदस्यले दलित कुटेको घटना बाहिरिएको छ ।
चन्द्रनगर गाउँपालिका वडा नंं ६ नाढीमन तालमा अवस्थित गाउँपालिकाको कार्यालय अगाडी रहेको छतौनको रुखस्थित कार्यपालिका सदस्य रविन्द्र सिहं, मोलाजिम मंसुर (कार्यापालिका सदस्यको श्रीमान) र वडा अध्यक्ष मिलेर दलित पुनित पासवानलाई कुटपिट गरी मुखबाट रगत ल्याई दिएका छन् ।
छतौनको रुख निर वडा अध्यक्ष राजिव सिहं सित उपभोक्ता समितिमा दलित समुदायलाई पनि राख्नुपर्ने भनी कुरा गरिरहदाँ मोलाजिम मंसुरले पुनित पासवानलाई भन्दै मोवाईल रेर्कड गरी चारै तिर कुरा लगाउने गरेको निहुँमा कुटपिट गरेको हो ।
पुनितले आफुले कुनै रेर्कड नगरेको, मेरो मोवाईल चेक गर्नु भन्दैमा मोलाजिमले “मार सला दलितलाई” भनेपछि रविन्द्र सिहंले पुनित पासवानको मुखमा मुका हान्न थालेको प्रत्यक्षदर्शीहरुले बताएको छ ।
मोलाजिम मंसुरले पनि कुटपिट गर्न थाले र वडा अध्यक्ष राजिवले घाँटी थिचिदिएका थिए । दलित सानो जात भएर मुख लगाएको भन्दै थप वडा नम्बर ६ का वडा अध्यक्ष राम स्वरुप राउत, वडा नं. ५ का वडा अध्यक्ष सुवंश राय समेत सानो जात भएर ठुलो कुरा गर्ने भनेर अपशब्दहरु भन्न थालेको बताईएको छ । झन श्याम सिहं, सत्यदेव सिहं जस्तो ठुल ठुला नेताले पनि नाढीमनमा दलित भएर नेता बन्न खोजेको पुनित पासवानलाई मार कि मार पछि जे हुन्छ हुन्छ भनेर कराउदै भनेका ६५ बर्षीय जगतारण देवी पासवानले बताए ।
बालिका भेला गर्न नदिन केही दिन अगाडी नाढीको दलित ढागंर बस्तीमा निज र निजको प्रतिनिधिहरु आएका थिए तर पुनितले यस्को बालबालिका अधिकार रोक्न यो दलित बस्तीबाट कोही जादैन र कसैलाई जान नदिएको कारणले ति जनप्रतिनिधिले अनाहकमा कुटपिट गरेको बताए ।
सर्वहराको पार्टी माओवादी आज दलितलाई नै सखाप पार्न लागिपरेकोले पुरै दलित बस्ती अहिले त्रासमा छ, वडा नं ७ नाढीमा सिहंको बाहुल्यता छ, तिनीहरु मिलेर सम्पुर्ण दलितलाई कुटपिट गरी भगाउने हो कि त्रासमा रहेको नाम न खोल्ने शर्तमा बताए । अहिले माओवादी र सिहंहरु मिलेका छन् तिनीहरुको मन्त्री, पुलिस, प्रशासन छ अब नाढीको दलित बोल्न सक्ने पुनितलाई मार्ने हिसाबले लागि परेका छन् अब त तिनिहरुको विरुद्धमा बोल्ने हिम्मत कसैको हुदैन ।
जनप्रतिनिधिको नाममा कार्यपालिका सदस्य रविन्द्र सिहं, कार्यापालिका सदस्यको श्रीमान रहेको मोलाजिम जथाभावी अपशब्द बोल्ने गरेको, कुटपिट गर्ने गरेका छन् । केही दिन अगाडी बालिका सम्मेलनको लागि टेन्ट लगाईरहेका मान्छे समेतलाई धम्की दिईरहेको भिडियो नै सार्वजनिक भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…