नेकाँका सयौँ कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । पार्टीको जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस तथा विद्यार्थी लोकतान्त्रिक फोरमका युवा जिल्ला अध्यक्ष सहित अन्य कार्यकर्ताहरु फोरममा

२०७५ जेठ ८ मंगलबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ जेठ । विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् ।
पार्टीको जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस तथा विद्यार्थी लोकतान्त्रिक फोरमका युवा जिल्ला अध्यक्ष सहित अन्य कार्यकर्ताहरु फोरममा प्रवेश गरेका हुन् ।
युवाका जिल्ला अध्यक्ष गोविन्द गुप्ताको नेतृत्वमा सयौँ कार्यकर्ताहरु फोरममा प्रवेश गरेको जानकारी दिइएको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नव प्रवेशिकाहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…