हिन्दु सम्राट सेनामा फूट, सनातन हिन्दु सेना गठन
हिन्दु सम्राट सेनाका केही पदाधिकारी, सदस्यहरुले गैर समाजिक गतिविधिहरुमा सँलग्न भएपछि बन्दै गरेको जमात नबन्दै बिग्रन सुरु भएको हो । सम्राट सेनाका केही पदाधिकारी र सदस्यहरु चरम घमण्ड तथा स्वघोषित सेनानी मान्न थालेपछि समाजिक तवरबाट समेत चौतर्फी विरोध भएको हो ।

२०८० असार १८ सोमबार, राति ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्म मान्ने युवाहरुको एक समूह भनिएको हिन्दु सम्राट सेनामा फुट भएको छ । एकलौटी र जातीय समिकरण मिलाउन थालेपछि हिन्दु सम्राट सेनामा फुट भएको हो ।
राजेश यादव अध्यक्ष रहेको स्वघोषित हिन्दु सम्राट सेना वयश्यक नहुँदै विस्थापित हुन लागेको हो । सो समूहमा भएका सदस्यहरुले नीजि स्वार्थको लागि काम गर्न थालेपछि फुट भएको बताईएको छ ।
यसअघि हिन्दु सम्राट सेना महोत्तरी गठन भएकोमा त्यसलाई विस्थापित गरी सनातन हिन्दु सेना गठन गरिएको हो । हिन्दु सम्राट सेनामै रहँदै आएका केही युवाहरुले फुटाएर नयाँ संगठन स्थापना गरेको हो ।
हिन्दु सम्राट सेनाका केही पदाधिकारी, सदस्यहरुले गैर समाजिक गतिविधिहरुमा सँलग्न भएपछि बन्दै गरेको जमात नबन्दै बिग्रन सुरु भएको हो । सम्राट सेनाका केही पदाधिकारी र सदस्यहरु चरम घमण्ड तथा स्वघोषित सेनानी मान्न थालेपछि समाजिक तवरबाट समेत चौतर्फी विरोध भएको हो ।
सोही क्रममा महोत्तरीका कार्यकर्ताहरुले हिन्दु सम्राट सेनामाथि नीजिकरण, जातीय गन्ध र व्यक्तिगत फाईदाको लागि हिन्दु–हिन्दुमा लडाई गराएको ठहर गर्दै फुटेर सनातन हिन्दु सेना गठन गरिएको सेनाका नागेन्द्र यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…