ग्राभेल माफिया 'दिपेन्द्र यादव'ले बनाए मरुभूमि, प्रहरी–पत्रकार र वन कर्मचारी पाउँछन महिनवारी
नयाँ चोहर्बादेखि केही मात्र दुरीमा रहेको उत्खनन स्थल र करोडौको ग्राभेलको कुनै कर बुझाउँदैनन दिपेन्द्र यादव । चार तहमा रकमले मुख बन्द गरेका माफिया यादवले सो क्षेत्रलाई मरुभूमिकरण गरिदिएका छन् ।

२०८० असार १६ शनिबार, राति ८:५६ बजे२ मिनेट पढाइ

सबिन यादव, सिरहा । सिरहामा नामचिन ग्राभेल माफिया दिपेन्द्र यादवले वनलाई मरुभूमि बनाएका छन् । सिरहाको नरहा गाउँपालिका वडा नं. ३ स्थित बर्षौदेखि अवैद्य उत्खनन गर्दै आईरहेका ग्राभेल माफियाले चिनिएका दिपेन्द्र यादवलाई सघाउँछन सिरहका केही पत्रकार र सिरहा प्रहरी ।
१० फिटभन्दा अधिक उत्खनन गरी वन क्षेत्रमा खोला बनाएका ग्राभेल माफिया दिपेन्द्र यादवसँग सोही गाउँपालिकाका केही निर्वाचित जनप्रतिनीधिहरु समेत महिनबारी बुझ्ने गरेका छन् । स्रोतका अनुसार, स्थानीय जनप्रतिनीधिको प्रत्यक्ष संलग्नतामा विगत दुई बर्षदेखि यादवले वन क्षेत्रलाई खनेर सुख्खा तलाव बनाईदिएको हो ।
ग्राभेल उत्खनन गरी नरहा गाउँपालिकाका जनप्रतिनीधिका ठेकेदारहरुले गर्ने ग्राभेलका योजनाका कार्यहरुको लागि दिपेन्द्र यादवले निःशुल्क ग्राभेल उपलब्ध गराउँछन् , त्यस वापत सो पालिकाका जनप्रतिनीधिहरुले उनलाई ग्राभेल उत्खननको लागि ग्रीन सिग्नल दिने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा, ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रत्यक्ष मिलोमत्तोमा ग्राभेल माफिया दिपेन्द्र यादवले वनलाई तहसनहस पारेका छन् । सोको लागि जिल्ला वन कार्यालय सिरहाका कर्मचारीले समेत साथ दिने गरेको स्रोत बताउँछन् ।
पटक–पटक विभिन्न सँचार माध्यमहरुमा समाचार प्रकाशित भएपनि सिरहाका केही पत्रकारहरुले समेत ग्राभेल माफिया दिपेन्द्र यादवबाट मासिक रकम बुझ्ने गरेकोले समाचार समेत नलेख्ने गरेको दिपेन्द्र यादव बताउँछन् । उनले सिरहाका पत्रकारहरुलाई गोजीमा राखेर हिँडेको तथ्यलाई सिरहाका पत्रकारहरुले समेत पुष्टि गरेका छन् । सिरहका पत्रकारहरु माफिया दिपेन्द्र यादवलाई टच गर्न डराउँछन् ।
नयाँ चोहर्बादेखि केही मात्र दुरीमा रहेको उत्खनन स्थल र करोडौको ग्राभेलको कुनै कर बुझाउँदैनन दिपेन्द्र यादव । चार तहमा रकमले मुख बन्द गरेका माफिया यादवले सो क्षेत्रलाई मरुभूमिकरण गरिदिएका छन् ।
असारे विकासको लागि सिरहाका पत्रकार र प्रहरीको प्रत्यक्ष सँलग्नतामा धमाधम ग्राभेल उत्खनन गरी सडक बाटोमा प्रयोग गरिरहेको बताईएको छ ।

जिल्ला समन्वय समितिले मोटो रकम उठाएर माफिया दिपेन्द्र यादवलाई हरि झण्डी दिएको छ । वन नष्ट गरी अवैद्य उत्खनन गर्दै आएका यादवलाई प्रहरी र पत्रकारले गुलामी गरिरहेको नाम नखोल्ने शर्तमा एक प्रत्यक्षदर्शी स्थानीयले बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…