काठमाण्डौंबाट भागेको थुनुवा जनकपुरमा पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । महानगरीय प्रहरी वृत कमलपोखरीको नियन्त्रणबाट भागेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् । लागु औषध मुद्दामा संलग्न रहेको आरोर अनुसन्धानको क्रममा घटनास्थलबाट प्रहरीलाई छलेर भागेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा

२०७५ जेठ ८ मंगलबार, बिहान १०:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ जेठ । महानगरीय प्रहरी वृत कमलपोखरीको नियन्त्रणबाट भागेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् ।
लागु औषध मुद्दामा संलग्न रहेको आरोर अनुसन्धानको क्रममा घटनास्थलबाट प्रहरीलाई छलेर भागेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुर उप– महानगरपालिका वडा नं. १४ घर काठमाण्डौंबाट भागेको थुनुवा जनकपुरमा पक्राउ भएका ३४ बर्षिय शुभनारायण यादवलाई धनुषा प्रहरीको क्राइम ब्राञ्चको टोलीले जनकपुर स्थित रजौलबाट गएराति पक्राउ गरेको हो ।
पक्राउ परेको यादवलाई काठमाण्डौं सुन्धारा स्थित होटलमा चेकजाँचका लागी लगिएको अवस्थामा भागेको तीन तिन पछि पक्राउ गरिएको जनाएको छ । भारी मात्रमा लागुऔषधको कारोबारीमा सलग्न रहेका यादव उनका साथी सहित १ हप्ता अगाडि काठमाण्डौमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पश्चात यादवलाई महानगरीय प्रहरी बृत कमलपोखरीले लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धानमा गरिरहेका थिए ।
अनुसन्धानका क्रममा नै निजले थप जानकारीका लागि होटलमा खानतलासी गर्ने क्रममा शौचालय जाने बहानामा मौका छोपी पारी शौचालयबाटै भागेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…