विदेशमा पनि विस्तार हुँदै जनमत पार्टी 

२०८० असार १२ मंगलबार
बिहान ०८:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेशी सँघले विभिन्न देशमा सँगठन विस्तारको कार्यलाई तीव्रता दिएको छ । 

गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डॉ. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन ठाकुरले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत सँग पार्टीको केन्द्रीय सम्पर्क कार्यालय काठमाडौंमा भेटवार्ता गरी सँगठन विस्तारलाई तिव्रता दिएको हो । 
a
पार्टीका आन्तरिक तथा बाहरी चुनौतिका बारेमा विस्तृत छलफल गर्नुका साथै पार्टीलाई सुदृढ बनाउन वडादेखि विदेशसम्म संगठनको पुनर्गठनलाई तीव्रता दिनु पर्ने अहिलेको आवश्यकता औल्याउँदै सँगठन विस्तारलाई तीव्रता दिएको हो । 

पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताका लागि तालिम कार्यक्रमलाई निरन्तरता दिने पार्टीका पदाधिकारी, नेतागण तथा कार्यकर्तालाई अनुसाशनको दायरा भित्र ल्याउने जस्तो कार्यक्रममाथि छलफल भएको हो । 

गैर–आवासीय मधेशी संघले पार्टीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनमा यी एजेण्डामा ध्यान दिन गैर–आवासीय मधेशी संघका पदाधिकारीहरुलाई डा राउतले निर्देशन दिए ।

  • 93%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 7%

भारती जस्तै 'आरती' लाई पनि न्याय देउ सरकार !

  • २०८० असार १२ मंगलबार

सम्पादकीय । न्याय व्यवस्था मरिसकेको भनेर थेगो भएको अवस्थामा विहिबार सर्वोच्च अदालतले दिएको निर्णयले न्याय व्यवस्था देशमा अझै जीवित छ भनेर अनुभूति दिलायो । हत्या मुद्दामा जेल सजाय काटिरहेका गुण्डा नाईके

पूरा पढ्नुहोस्

Bureau Menus