बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन
बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन,बालिका बिरोद्धी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा घनकाउँदै प्रदर्शन गरेको छ ।

२०८० असार २ शनिबार, बेलुकी ७:५० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ ।
बाल विवाह सन २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज (शनिवार) नाढीमन तालमा हुने भनिएको बालिका सम्मेलन स्थगित भएको हो ।
गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष , वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह , वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका विरोद्ध टोलीले शुक्रवार गाउँपालिकाको कार्यालय अगाडी बालिका सम्मेलन स्थगित गर्न माग गरेपछी बालिका सम्मलेन स्थगित गरिएको थियो ।
बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन,बालिका बिरोद्धी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा घनकाउँदै प्रदर्शन गरेको छ ।

चन्द्रनगरको कुना–कुनाबाट बालबालिका तथा महिलाहरुको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने विद्यार्थी कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन भएन भने चन्द्रनगर गाउँपालिका कार्यालय तथा गाउँपालिका अन्तर्गत रहेको ७ वटै वडामा तालाबन्दी गर्ने बताए ।
उपाध्यक्ष गितादेवी महतो महिला भएर पनि महिला तथा बालिकाहरुको हक अधिकार खोसेर बालिका सम्मेलन स्थगित गराउन आन्दोलन गर्नु घिन लाग्दो विषय बनेको छात्रा कल्याणीले बताइन् । उपाध्यक्ष महिला भएर पनि फाहरी राजनैतिक गरेको, भागबण्डाको राजनैतिमा बालिका सम्मेलन स्थगित गराएको कल्याणीले बताउनुभयो । बालिका सम्मेलन नभए तालाबन्दीको साथसाथै कडा आन्दोलन समेत गरिने कल्याणीले बताइन ।
प्रदर्शन गर्न आउनी भएकी अर्का महिला जैमन देवी माझीले चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विकास गर्न खोज्दा तथा बालिका हितमा काम गर्न खोज्दा कुन लोभले उपाध्यक्ष महतोले बालिका सम्मेलन स्थगित गराएको हो प्रश्न गर्दै गुणासो पोखिन । उपाध्यक्ष महिला हो तर महिलाको अधिकार बुझेन, बजेटको भागबण्डामा मात्र अग्रसर छ, अहिलेको विकास विरोद्धी जनप्रतिनिधि कुकुर हो र भागबण्डा गर्नलाई दुखेसो पाख्दै माझीले भकानिएर भनिन।

आफुहरुलाई जनविरोद्धी, बिकास विरोद्धी जनप्रतिनिधि चाहिएन, यहाँको उपाध्यक्षले न्यायिक कार्य बाहेक आफनो भागमा २ करोड र वडा अध्यक्षले १÷१ करोड भागबण्डा गरेको छ, यत्रो बजेट छुट्टयाए पनि ति बजेटमा दलितलाई समेटन नसकिएको माझीले गुणासो पोखिन ।
बिद्याबारीधी गरिरहनु भएकी नेपालमा महिलाहरुमा हुने महिनावारीको विषयमा रिसर्च गर्न आउनु भएकी लण्डनवासी छात्रा अविगेलले महिला पुरुष सम्मान हुन र महिला तथा बालिका उत्थानको लागि गरिने कार्यक्रम स्थगन हुनु दुखद भएको बताईन ।
महिला अधिकारकर्मी सुधा पौडेल एउटा महिला उपाध्यक्षले महिला तथा बालिका हितको लागि हुने कार्यक्रम स्थगन गर्न दुखद भएको बताईन ।
मधेशमा बाल बिबाह व्यप्त छ र यस्तो कार्यक्रम हुनु भनेको चन्द्रनगरको लागि सुखद हुने अधिकारकर्मी पौडेले बताईन । छोरी भनेको मरिच र केराउको दाना जस्तै हो, छोरीको कलिलै उमेरमा बिवाह हुदाँ मरिच र केराउ जस्तै खुम्चिने भएकोले यो बालिका सम्मेलन बाल बिबाह रोक्न महत्वपुर्ण कार्यक्रम भएको महिला अधिकारकमी पौडेले बताईन ।
अर्का महिलअधिकारकर्मी राधा पौडेलले जहाँ जहाँ मलिा अधिकार खोसिन्छ, छोरीहरुको अधिकार खोसिन्छ, महिला तथा छोरीहरु हिंसामा पर्छ त्याहा म पुग्द छु उनले बताईन । मधेशमा सबभन्दा बढि बाल बिवाह, छोरी बलात्कृत, हुन्छ तर छोरीहरुको हक हितको लागि बालिका सम्मेलन हुदाँ उपाध्यक्ष लगायत अन्य व्यक्तिहरुले रोक्नु भनेको निन्दनीय कार्य भएको र बालिका सम्मेलन नगराए हामी महिला अधिकारकर्मीहरु यो विषयमा विरोद्ध गर्नुपर्ने अवस्था आउन सक्ने उहाले बताईन ।
बालिका सम्मेलन रोक्ने जनप्रतिनिधिहरुलाई बास्तवमै भन्ने हो भन्ने लाज लागनुपर्ने विषय भएको महिला अधिकारकर्मी पौडैलले बताईन ।
गाउँपालिका अध्यक्ष महतोले कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ बालिका सम्मेलन काठमाडौमा महिला बालबालिका समज कल्याण मन्त्रालयको आयोजनामा राष्ट्रिय स्तरमा कार्यक्रम गरिएको थियो र सो कार्यक्रममा नेपालमा सन २०३० सम्म बाल बिवाह अन्त्य गर्ने घोषणा भयो। सोही अनुरुप नेपालमै पहिलो पटक बालिका सम्मेलन पालिका स्तरबाट गर्न लागेपछी अहिलेको उपाध्यक्ष लगायत अन्य विभिन्न व्यक्तिहरुले बहुमतको आडमा कार्यक्रम स्थगन गराएको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…