धनुषाका "उमा शँकर अरगरिया" फोरमको केन्द्रीय सदस्यमा मनोनित
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य एवम् साँसद उमा शँकर अगरियालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । संघीय समाजवादी फोरम नेपालको काठमान्डौँमा गत बैशाख १९, २० र २१ गते सम्पन्न पार्टीको तदर्थ समितिको छैठो बैठकको निर्णय अनुसार नेता अरगरियालाई

२०७५ जेठ ७ सोमबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ७ जेठ । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य एवम् साँसद उमा शँकर अगरियालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
संघीय समाजवादी फोरम नेपालको काठमान्डौँमा गत बैशाख १९, २० र २१ गते सम्पन्न पार्टीको तदर्थ समितिको छैठो बैठकको निर्णय अनुसार नेता अरगरियालाई केन्द्रीय समितिको सदस्य पदमा मनोनित गरिएको हो ।
बैठकबाट पार्टी विधानको धारा १५ को उपधारा ३ (द) बमोजिम केन्द्रीय सदस्य पदमा मनोनित गरिएको पार्टीका अध्यक्ष उपेन्द्र यादवद्धारा अरगरियाको नाममा पत्र काटिएको हो ।
संघीय साँसद बनेपछि बारम्बार जिल्लाको कृषि, किसान, सडक, बिजुली, यातायातको बारेमा चासो लिँदै आएका नेता साँसद अरगरियाले आउँदो बजेट भाषण मार्फत जिल्ला तथा प्रदेशको लागि सम्मानजनक बजेट विनियोजन गर्ने बुझिएको छ ।
केही साता अघि मात्र तराई मधेसमा गएको विनासकारी हावाहुरीबाट पीडितलाई राहतको लागि संघीय सँसदबाट राहत उपलब्ध गराएका साँसद यादव यसपाली कृषिको बजेटमा किसानलाई खुसी पार्ने दाउ रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…