सन्दीपको उत्कृष्ट बलिङमा मुम्बई ११ रनले पराजित
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । इन्डियन प्रिमियर लिग ( आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्समाथि ११ रनको जित निकाल्दै सुखद अन्त्य गरेको छ । १७५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १९.३ ओभरमा १६३ रनमा अलआउट भयो । मुम्बईका लागि इभिन लुईसले ४८ रन बनाए । बेन कटिङले ३७ र हार्

२०७५ जेठ ७ सोमबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ७ जेठ ।
इन्डियन प्रिमियर लिग ( आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्समाथि ११ रनको जित निकाल्दै सुखद अन्त्य गरेको छ ।
१७५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १९.३ ओभरमा १६३ रनमा अलआउट भयो । मुम्बईका लागि इभिन लुईसले ४८ रन बनाए । बेन कटिङले ३७ र हार्दिक पाण्ड्याले २७ रन बनाएपनि जित दिलाउन भने सकेनन् । दिल्लीका लागि सन्दीप लामिछाने र अमित मिश्र र हर्षल पटेलले समान ३–३ विकेट लिए ।
सन्दीपले पुरै चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, अमितले ४ ओभरमा कसिलो बलिङ गर्दै मात्र १९ रन खर्चेर ३ विकेट लिए । हर्षलले २.३ ओभर बलिङ गर्दै ३ विकेट लिए । यसअघि फिरोज शाह कोट्ला रंगशालामा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धा्रित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।
दिल्लीका लागि रिसभ पन्तले ६४ रन बनाए । उनले ४४ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै, दिल्लीका लागि विजय शंकरले अविजित ४३ रन बनाए । ग्लेन म्याक्श्वेल भने २२ रनमा आउट भए । पराजित मुम्बई इन्डियन्सको प्लेअफमा पुग्ने सम्भावना पनि समाप्त भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…