धनुषा : हुलाकी सडकमा बस पल्टिदाँ दर्जन बढी घाईते, चालक फरार
न्यूज ब्यूरो | जनकपुरधाम, ५ जेठ । धनुषामा आज दिउँसो बस पल्टिदा दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत विदेह नगरपालिका वडा नं. ७ योगियारा स्थित बस पल्टिदा डेढ दर्जन यात्रु घाईते भएको हो । जनकपुरबाट खजुरी महुवाको लागि प्रस्थान गरेको बा १ ख ९३८५ नम्बरको बसको दाहिनेपट्टिीको टाय

२०७५ जेठ ५ शनिबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ५ जेठ । धनुषामा आज दिउँसो बस पल्टिदा दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत विदेह नगरपालिका वडा नं. ७ योगियारा स्थित बस पल्टिदा डेढ दर्जन यात्रु घाईते भएको हो ।
जनकपुरबाट खजुरी महुवाको लागि प्रस्थान गरेको बा १ ख ९३८५ नम्बरको बसको दाहिनेपट्टिीको टायर पन्चर भएपछि बस सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

करिब दुई दर्जन यात्रु उक्त सबमा सबार रहेको थियो भने डेढ दर्जन भन्दा बढी यात्रु घाईते भएको छ ।
घाईते हुनेहरुमा केहीको अवस्था गम्भिर रहेको छ भने केहीको अवस्था समान्य रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पताल तथा धनुषा अस्पताल सहित अन्य क्लीनीकहरुमा भईरहेको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १८ की ६५ बर्षिय सरबसीया देवी पासवान, विदेह नगरपालिका बफै टोल वर्ष २८ की छठीया देवी सहित मिथिला विहारी नगरपालिका तारापट्टिी टोलका वर्ष १२ का राम कुमार मुखिया, १३ का गोपाल साह सहितको रहेका छन् भने अन्यको नाम खुल्न बाँकी छ ।
दिउँसो करिब ३ ३० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ । जनकपुरबाट २ बजे खजुरी महुवाको लागि बस खुलेको थियो ।
बस दुर्घटनापछि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता, चालकलाई खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।
हुलाकी सडकको अवस्था जीर्ण भएको कारण पनि टायर फुटेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
बर्षायाममा हुलाकी सडकमा यातायातका साधनहरु ठप्प रहने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…