तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्

२०८० जेठ ३ बुधबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ।
संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्न यस्ता उपाय अपनाउनुपर्छ
आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिस्यु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ।
जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा कार्यरत डा. सुभाष चन्द्र यादवले तराईको गर्मीमा आँखाको हेरचाह गर्न केही उपायहरु सुझाएका छन्,
१. आँखामा धुलो पर्दा या चिलाउदा रुमाल टीसीयु पेपरको प्रयोग गर्ने
२. आँखामा जथाभावी औषधी नराख्ने
३. कचेरा आएमा आँखालाई हातले नछुने
४. हातले छोइहालेमा साबुन पानिले हात धुने
५. गर्मीमा बाहिर हिंड्दा चश्मा प्रयोग गर्ने
६. आँखा पोलेको छ भने चिसो पानि वा आइसले सेक्ने
७. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने
८. आँखा सुख्खा भएमा चिकित्सकले सिफारिस गरेका औषधी मात्र प्रयोग गर्ने |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…