T-20 WorldCup एसिया छनौट नेपालमै हुने
छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

२०८० बैशाख ३० शनिबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ ।
अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।
नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठूला प्रतियोगिता आयोजना गर्न पाएको थिएन ।
छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…