भारतमा सम्प्रादायिक दँगामा ५४ जनाको मृत्यू
मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।

२०८० बैशाख २३ शनिबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ ।
ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । तर स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार मृतकको सङ्ख्या निकै धेरै रहेको अनुमान छ ।
मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।
भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताउनुभएको छ । आज सडकमा छिटपुट गाडी देखिन थालेका र अत्यावश्यक सामग्री बेच्ने पसल पनि खुलेका खबरमा उल्लेख छ ।
सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ भने हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…