मधेश प्रदेशका किसानले समयमै कृषि बीमा गराऔँ : मन्त्री कुशवाहा
मधेश प्रदेशका किसानहरुलाई आगामी आर्थिक बर्षसम्म ८० प्रतिशत पहुँच बढाउने लक्ष्य लिएको उनले बताएका छन् । नेपाल सरकारले कृषिसंग सम्बन्धित कृषि उत्पादन, पशु–पंछी तथा मत्स्य पालनमा बीमाका लागी ८० प्रतिशतसम्म अनुदान दिदै आएको छ।

२०८० बैशाख २३ शनिबार, बिहान ९:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कृषिमन्त्री ई. बसन्त कुशवाहाले मधेश प्रदेशका किसानहरुलाई समयमै कृषि बीमा गराउन पुनः आग्रह गरेका छन् ।
किसानहरुको लागि कृषि बीमा कार्यक्रम यसअघि नै लागू भएपनि प्रभावकारी हुन नसक्दा मन्त्री कुशवाहाले ग्राउण्ड स्तरबाट यसलाई प्रभावकारी बनाउन किसान समक्ष जान लागेको बताएका छन् ।
किसानहरुलाई जानकारीको अभावमा कृषि बीमा अपेक्षाकृत हुन नसकेको बताउँदै मन्त्री कुशवाहाले वडास्तरसम्म गएर प्रचार प्रसार, सूचना प्रवाह गरी कृषि बिमाको लागि किसानहरुलाई अग्रसर गराउन लागेको बताएका छन् ।
उनले भने, –“किसानहरुको लागि कृषि बीमा योजना यसअघि नै लागू भईसकेको छ , म आउनुभन्दा अगाडी नै पशु बिमा लागू छ तर, किसानहरु उत्साहित नै देखिएनन् । यसलाई प्रभावकारी कार्यन्वयन गर्नको लागि अब बस्तीस्तरमा गएर प्रचार प्रचार गरी कृषि बिमाको लागि किसानहरुलाई अग्रसर गराउने प्रयास हुँदैछ ।”
जानकारी र सूचनाको अभावमा किसानहरुको लागि आएको कृषि बीमा योजना प्रभावविहिन भएपछि मन्त्री कुशवाहाले यसलाई प्रभावकारी बनाउन वस्तीस्तरसम्म प्रचार प्रसारलाई निरन्तरता दिने बताएका छन् ।
मधेश प्रदेशका किसानहरुलाई आगामी आर्थिक बर्षसम्म ८० प्रतिशत पहुँच बढाउने लक्ष्य लिएको उनले बताएका छन् । नेपाल सरकारले कृषिसंग सम्बन्धित कृषि उत्पादन, पशु–पंछी तथा मत्स्य पालनमा बीमाका लागी ८० प्रतिशतसम्म अनुदान दिदै आएको छ।
“उदाहरणको लागी मानौ, यदि १ वटा भैसीको मूल्य रू. १ लाख हो, भने यसको लागी बीमा गर्दा निम्न अनुसार खर्च हुन्छ,
भैसीको मूल्य . रू. १ लाख
५ प्रतिशतको दरले जम्मा बीमा रक़म . रू. ५ हजार
सरकारको अनुदान .८० प्रतिशतले रू. ४ हजार
अब, कृषकले तिर्नु पर्ने . रू. १ हजार
बीमा कम्पनीको चार्ज . रू. १५०
कृषकले तिर्नु पर्ने जम्मा रकम १,१५० रपैयाँ । यसरी किसानहरु आफ्नो पशुको बीमा गरी लाभ उठाउनुपर्छ ।” – उनले भने ।
आगलागी, बाढी, डुबान, भूकम्प, खडेरी, पहिरो÷भूस्खलन, असिना, आंधी बेहरी, हिउँ वा तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु, रोग तथा कीरा बाट हुने हानी नोक्सानी , विभिन्न जोखिमबाट हुने नोक्सानी भएमा सरकारले नोक्सानीको ९० प्रतिशत नोक्सानी तिरिदिन्छ । यसले किसानलाई हानी हुँदैन ।
यस बीमाका लागी जिल्ला अनुसार निम्न बमोजिम सम्पर्क गर्न सकिने छ।
१. सप्तरी - ओरिएण्टल कम्पनी
मनोज मेहता - 9842851960
रबिन्द्र यादव - 9840494440
चन्द्र नारायण पंडित - 9841064534
२. सिरहा - जनरल ई. कम्पनी
राम कुमार साह - 9801956603
३. धनुषा - आईएमई कम्पनी
नबिन कुशवाहा - 9812007846
राम नारायण - 9804840699
रंजित - 9809603626
४. महोत्तरी - आईएमई कम्पनी
अजय साह - 9807636353
५. सर्लाही - सिद्धार्थ कम्पनी
रमेश तिमल्सिना - 9854037218
६. रौतहट - अजोड कम्पनी
प्रभु चौधरी - 9855043918
मुकेश सिंह - 9865319063
७. बारा - हिमालयन कम्पनी
श्रीराम रेगमी - 9855015720
८. पर्सा - जनरल ई. कम्पनी
आर. बि. महतो - 9802315937
बीमा सम्बन्धी कुनै समस्या भए नजीकको कृषि सेवा केन्द्रमा सम्पर्क गर्न सकिने छ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…