किसानको लागि 'एक वडा एक एग्रोभेट', भाषणभन्दा काम बढी गर्ने पहिलो कृषिमन्त्री ई. बसन्त कुशवाहा
एग्रोभेटका लागी आवश्यक सामान उपलब्ध गराउने कम्पनीहरुको सूचि समेत मन्त्रालयले जारी गरेको छ । “सबै मिली किसानको समस्या समाधान गरौं।” मूल नाराको साथ कृषिमन्त्री कुशवाहाले यो योजना लागू गर्न लागेको हो ।

२०८० बैशाख १८ सोमबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भाषणमा मात्र सिमित रहने मधेश प्रदेशका मन्त्रीहरु आफ्नो पार्टीको काममा व्यस्त रहँदा जनमत पार्टीबाट मन्त्री बनेका कृषिमन्त्री ई. बसन्त कुशवाहाले मधेशका किसानहरुको लागि निरन्तर नयाँ नयाँ योजनाहरु लागू गर्दै गएका छन् ।
मधेश प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निती तथा योजनाहरु जनमुखी ढंगले अगाडी बढाउने पहिलो कृषिमन्त्री भएका छन् ई. बसन्त कुशवाहा ।
सोही क्रममा मधेश प्रदेशका किसानहरुलाई सहज रुपमा बीउ बिजन उपलब्धताको लागि मधेश प्रदेशको हरेक वडामा एक एग्रोभेट सँचालनमा ल्याउन लागेको हो । आर्थिक बर्ष २०८०÷८१ मा मधेशका किसानहरुले आफ्नो वडामा एक एग्रोभेट पाउने भएको छ ।
आफनै वडामा एग्रोभेट सँचालन भएपछि जस्तो सुकै बीउ बिजनको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता समेत अन्त्य हुने विश्वास लिएको छ ।
मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम बमोजिम मधेश प्रदेशका सबै वडाहरुमा कम्तिमा एउटा एग्रोभेट संचालन गराउने कार्यक्रम रहेको छ।
सो एग्रोभेटबाट बीऊवीजन, कृषिमा प्रयोग हुने औषधी तथा कृषि परामर्श सेवा उपलब्ध हुने कृषिमन्त्री ई. कुशवाहाले जानकारी दिए । उनका अनुसार, मधेश प्रदेशको १ हजार २ सय ७० (१२७०) वटै वडामा एग्रोभेट किसानले सँचालन गर्न सक्ने बताए ।
यस्तो एग्रोभेटलाई मन्त्रालयले समेत आवश्यक सहयोग गर्ने बताउँदै इच्छुक व्यक्ति, समूह, संस्था वा सहकारीहरुले अहिले देखी नै आवश्यक दर्ता गराई आ–आफ्नो वार्डमा एग्रोभेट संचालन गर्न सूचना जारी गरेको हो ।
एग्रोभेटका लागी आवश्यक सामान उपलब्ध गराउने कम्पनीहरुको सूचि समेत मन्त्रालयले जारी गरेको छ । “सबै मिली किसानको समस्या समाधान गरौं।” मूल नाराको साथ कृषिमन्त्री कुशवाहाले यो योजना लागू गर्न लागेको हो ।
.jpeg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…