साँसद अरगरियाले मैथिलीमै सँसद बैठक थर्काएपछि
न्यूज ब्यूरो | काठमान्डौँ, ३१ बैशाख । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य एवम् साँसद उमा शँकर अरगरियाले पहिलो पटक मैथिली भाषामै सँसद बैठक थर्काएका छन् । सोमबार बसेको सँसद बैठकमा साँसद अरगरियाले मातृभाषा मैथिलीमै कृषि विकासको लागि जोडदार माग गरेका छन् । नेपालको ९० प्रतिशत जनता कृषिमा

२०७५ बैशाख ३१ सोमबार, राति १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काठमान्डौँ, ३१ बैशाख । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य एवम् साँसद उमा शँकर अरगरियाले पहिलो पटक मैथिली भाषामै सँसद बैठक थर्काएका छन् ।
सोमबार बसेको सँसद बैठकमा साँसद अरगरियाले मातृभाषा मैथिलीमै कृषि विकासको लागि जोडदार माग गरेका छन् ।
नेपालको ९० प्रतिशत जनता कृषिमा आश्रित भएपनि सरकारले कृषिलाई आधुनिकीकरण गर्न नसकेको आरोप लगाए ।
धनुषा जिल्लाको सन्दर्भमा बोल्दै साँसद अरगरियाले धनुषा जिल्लाको साबिक १ सय १ गाविसहरुमा कृषिको लागि जाने गरेको बजेटमा कृषिमा अपुग भएको गुनासो राखे ।
स्थानीय तहमा विभाजन भएपछि कृषिमा क्रान्ती र आधुनिकीकरण गर्नको लागि धनुषामा बजेटको खाँचो औल्याउँदै साँसद अरगरियाले विगतमा दिँदै आएको बजेटको ५ गुणा बढी बजेट विनियोजन गरे मात्र कृषिमा सुधार आउने बताए ।
केन्द्र सरकारले कृषिमा आधुनिकरण गर्नको लागि पहल सहित बजेटमा बढौती गर्नुपर्ने माग जोडदार रुपमा उठाए ।
यसअघिको बैठकमा साँसद अरगरियाले तराई मधेसमा गत साता गएको हावाहुरीका कारण भएको क्षतिको क्षतिपूर्ती शिघ्र जुटाउन सरकारसँग माग गरेपछि राहत वितरणको कार्यक्रम समेत कार्यन्वयन गराएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…