कक्षा ८ बोर्ड परीक्षाको नतिजा (रिजल्ट) प्रकाशित
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ बैशाख । कक्षा ८ को बोर्ड परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । जनकपुर उपमहानगरपालिकाले गत चैत्त २१ देखि २९ गतेसम्म सँचालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । नगरपालिका भित्रको विभिन्न समुदायिक तथा समुदायिक विद्यालयका परीक्षार्थीहरु सहभ

२०७५ बैशाख ३१ सोमबार, राति ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ बैशाख । कक्षा ८ को बोर्ड परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
जनकपुर उपमहानगरपालिकाले गत चैत्त २१ देखि २९ गतेसम्म सँचालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
नगरपालिका भित्रको विभिन्न समुदायिक तथा समुदायिक विद्यालयका परीक्षार्थीहरु सहभागी भएको उक्त परीक्षाको परीक्षाफल भने लेटर ग्रेडिँग प्रणालीबाट प्रकाशित गरिएको परीक्षा समितिकी सदस्य अन्जु पाण्डेले न्यूज ब्यूरोसँग भनिन् ।
परीक्षामा कति प्रतिशत परीक्षार्थी उतीर्ण भएको बारे नखुलाइएपनि परीक्षा समितिले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेपछि नतिजा प्रकाशित गरिएको छ ।
जनकपुर उपमहानगरपालिका भित्रको १३ वटा परीक्षा केन्द्रमा लिइएको परीक्षामा नगरपालिका भित्रबाट ४ हजार ३ सय ९९ जना परीक्षार्थी सहभागी भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…