मधेश प्रदेशका किसानहरुलाई कृषि र माछा प्रशोधन सम्बन्धी तालिमको अवसर
मन्त्री कुशवाहाका अनुसार, मधेश प्रदेशका किसानहरुलाई ७ दिने मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट, ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम, ७ दिने व्यवसायिक कुखुरा पालन तालिम दिने भएको छ । यी तीन वटै तालिम पशु सेवा तालीम केन्द्र जनकपुरमा हुने भएको छ ।

२०८० बैशाख १४ बिहीबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका तालीम केन्द्रहरुमा किसानहरुको लागी तालिम गराउने भएको छ ।
आउँदो जेष्ठ महिना मधेश प्रदेशका किसानहरुलाई लक्षित गर्दै विभिन्न क्षेत्रको तालिम प्रदान गरिने कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले जानकारी दिए । उनले तालिममा सहभागी हुन चाहने किसानहरुले बैशाख २२ गते भित्र सम्पर्क गर्न आग्रह गरे ।
यस तालीममा सहभागी हुने किसानहरुले ७०० रुपैयाँको दरले दैनिक भता र आउने जाने भाडा समेत पाउने जनाएका छन् ।
मन्त्री कुशवाहाका अनुसार, मधेश प्रदेशका किसानहरुलाई ७ दिने मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट, ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम, ७ दिने व्यवसायिक कुखुरा पालन तालिम दिने भएको छ । यी तीन वटै तालिम पशु सेवा तालीम केन्द्र जनकपुरमा हुने भएको छ ।
यस्तै, ७ दिने कृषि यन्त्र संचालन एवं मर्मत संभार तालिम कृषि प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र, नक्टाझिज, धनुषामा हुने जनाइएको छ ।
तालीमका लागी सम्बन्धित तालीम केन्द्र लगायत निम्न व्यक्तिलाई समेत सम्पर्क गर्न सकिने छ।
प्रमोद ईशर: +9779816339495
सचिवालय
भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधाम, धनुषा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…