प्रदेशको किसानहरुको खेतको माटो टेस्ट गरिदैँ, सबै नपाका मेयर, अध्यक्षलाई सम्पर्क गर्न सकिने
यो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नु पर्ने भएकोले नगर प्रमुख तथा गाऊँपालिका अध्यक्षहरुलाई मन्त्रालयको लागि सम्पर्क व्यक्ति र सम्पर्क नम्बर समेत जारी गरेका छन् । मन्त्रालयमा सम्पर्क गरी पालिका प्रमुखहरुले समन्वय गर्न आग्रह गरेका छन् ।

२०८० बैशाख १३ बुधबार, दिउँसो २:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशभित्र रहेको ८ वटै जिल्लाका किसानहरुको लागि माटो परीक्षण घुम्ती शिविर सेवा सँचालन हुने भएको छ ।
मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभित्र रहेको १३६ पालिकाहरुमै किसानहरुको खेतको माटो परीक्षण गर्नुपर्ने भएकोले सम्बन्धित स्थानीय तहका प्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरुलाई मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले एक सूचना जारी गर्दै मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको टेक्निकल टीमले मधेश प्रदेशका सम्पूर्ण १३६ पालिकामा घुमती टेस्ट लैब मार्फ़त हरेक पालिकामा गई ३ दिनसम्म पालिकाको विभिन्न ठाऊको माटो जाँच गर्ने जानकारी दिएका छन। “यस टेस्ट पश्चात् माटोको आवश्यकता अनुसार कुन कुन मलखाद कति कति मात्रामा प्रयोग गर्ने हो, समेत जानकारी किसानहरुलाई दिने छ।”– उनले भने ।
यो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नु पर्ने भएकोले नगर प्रमुख तथा गाऊँपालिका अध्यक्षहरुलाई मन्त्रालयको लागि सम्पर्क व्यक्ति र सम्पर्क नम्बर समेत जारी गरेका छन् । मन्त्रालयमा सम्पर्क गरी पालिका प्रमुखहरुले समन्वय गर्न आग्रह गरेका छन् ।
सुनील कुमार सिंह: +977 9852854615
(प्रमुख, माटो तथा मल परीक्षण प्रयोगशाला)
प्रमोद ईशर: +977 9816339495
(मा. ई. बसन्त कुशवाहा - सचिवालय)
(नोट: आ-आफ्नो पालिकाका नगर प्रमुख/ अध्यक्ष जीहरुलाई यो कार्यक्रम गर्न गराउनका लागी जानकारी गराई दिनु हुन सम्पूर्ण जनसमुदाय/ किसानहरुमा हार्दिक अनुरोध छ।)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…