'मधेश प्रदेशमा ५२ हजार मेट्रिक टन मलको स्टोक, असार १ गतेदेखि किसानले मल पाउँछ'
मन्त्री कुशवाहाका अनुसार, यसपाली देखी सबै डीलर र डिपोले को–को व्यक्तिलाई मलखाद बिक्री गरेको रिकार्ड मोबाइल नम्बर समेत राखी कृषि मन्त्रालयमा उपलब्ध गराउने छ। सो तथ्यांक नागरिक ऑडिटको लागी समेत प्रकाशन गरिने छ।

२०८० बैशाख ६ बुधबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशका किसानहरुको लागि मलको स्टोक व्यवस्थापन अहिलेदेखि नै गर्न सफल भएका छन् ।
भिजनबाला मन्त्री मानिएका कृषि मन्त्री कुशवाहाले मधेश प्रदेशका किसानहरुको लागि चाहिने जति मलको स्टोक अहिलेदेखि नै गरिदिएका छन् । विगतका वर्षहरुमा मलको अभावमा खेतीपाती गर्न नसकेका किसानहरुले यसपाली पर्याप्त रुपमा मल पाउने विश्वास जनाएका छन् ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानहरुको धानबालीको लागि ५२ हजार २०० मेट्रिक टन युरिया, डिएपी, पोटाँस मल व्यवस्थापन गरेका छन् । मधेश प्रदेशका सबै मलखाद्य डिलर र डिपोमा किसानलाई चाहिने जति मल स्टोक गरिदिएका छन् ।
“यो मात्रा बिगत वर्षको यसै समयको तुलनामा दोब्बर भन्दा बढ़ी छ। सो मलखाद सबै डीलर, डिपोबाट यही आसार १ गतेबाट उपलब्ध हुने छ।”– कृषिमन्त्री कुशवाहाले भने ।
मन्त्री कुशवाहाका अनुसार, यसपाली देखी सबै डीलर र डिपोले को–को व्यक्तिलाई मलखाद बिक्री गरेको रिकार्ड मोबाइल नम्बर समेत राखी कृषि मन्त्रालयमा उपलब्ध गराउने छ। सो तथ्यांक नागरिक ऑडिटको लागी समेत प्रकाशन गरिने छ।
डिपो वा डिलरले नीजि पसललाई मल बेचेर किसानलाई रित्तै राख्दै आएको अधिक जनगुनासो बढेपछि कृषिमन्त्री कुशवाहाले मल पाउने किसानको मोबाईल नम्बरको रेकर्ड समेत राख्ने भएको छ । किसानको लागि पठाएको मल किसानले नपाएको खण्डमा कृषिमन्त्रीले डिलरलाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…