उत्तर प्रदेशको प्रयागराजमा सपा पूर्व साँसद अतिक र भाई असरफलाई प्रहरीकै अगाडी गोली हानी हत्या
घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग समेत गठन गरिएको छ । प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् । आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ ।

२०८० बैशाख ३ आइतबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उत्तर प्रदेशको प्रयागराजमा एक पूर्वसांसद र उनका भाईको गोली हानी हत्या गरिएको छ ।
हत्याको आरोपमा जेलमा रहेका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको गोली हानी हत्या भएको उत्तर प्रदेश प्रहरीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका उनीहरुलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । सो क्रममा पत्रकार बनेर आएका आक्रमणकारीहरुले प्रहरीकै अगाडी उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीन जना परेका छन् । यस घटनामाथि छानविन गर्न मुख्यमन्त्री योगी आदित्यनाथले आदेश दिएका छन् ।
घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग समेत गठन गरिएको छ । प्रहरीका अनुसार घटनामा एक प्रहरी घाइते भएका छन् भने एक पत्रकार पनि सामान्य घाइते भएका छन् । आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ ।
घटनापछि पूरै उत्तर प्रदेशमा कर्फ्यु लगाइएको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उत्तर प्रदेश प्रहरीले पनि कडा सुरक्षा व्यवस्था गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…