४० लाखको लागतमा खेलकुद मैदानको स्तरोन्नति गरिने
शिलान्यास कार्यक्रममा निर्वतमान संविधान सभा सदस्य नरेन्द्र कुमार साह, बागमती नपाका मेयर भरत थापा, नेपाली काँग्रेस बरहथवाका मेयर प्रत्यासी बिगु प्रसाद चौधरी, माओवादी नेता जयप्रकाश यादव लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

२०८० बैशाख २ शनिबार, राति १०:४६ बजे१ मिनेट पढाइ

राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ११ हिरापुरमा रहेको खेल मैदान स्तरउन्नती गरिने भएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् मधेस प्रदेश सरकारका पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले स्तरउन्नती कार्यको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै पूर्व मन्त्री सिंहले स्थानिय स्तरमा राम्रो खेलाडी उत्पादन र खेलकुदको विकासका लागि स्तरिय खेलकुद मैदान निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
जिल्लाका स्थानिय तहहरु खेलकुद विकासका लागि उदासिन रहेको आरोप लगाउदै खेलकुद विकासका लागि स्थानिय सरकारले समेत एक स्थानिय तह र एक सुविधा सम्पन्न खेलकुद मैदानको अवधारणा ल्याउनुपर्ने सुझाए ।
खेलकुदबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन सकिने भएकाले खेलकुद विकासका लागि खेल मैदान र खेलकुद प्रतियोगिताले निरन्तरता पाउनुपर्ने उनको भनाई थियो ।
आफनै पहलमा विनियोजन गराएको बजेटबाट खेलकुद मैदानको स्तरउन्नति हुदाँ सिंहले खुशि समेत व्यक्त गरे । उनले अवसर पाउदा आफ्नो भागमा परेको मन्त्रालयबाट जिल्लाका विकासका लागि सकेसम्म धेरै बजेट विनियोजन गराएको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले प्रतिबद्वतता व्यक्त गरे ।
पूर्व मन्त्री विरेन्द्र सिंह महिला बालबालिका युवा तथा खेलकुदमन्त्री हुँदा विनियोजन गराएको ४० लाखको बजेटबाट खेल मैदानको स्तरउन्नी कार्य हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा निर्वतमान संविधान सभा सदस्य नरेन्द्र कुमार साह, बागमती नपाका मेयर भरत थापा, नेपाली काँग्रेस बरहथवाका मेयर प्रत्यासी बिगु प्रसाद चौधरी, माओवादी नेता जयप्रकाश यादव लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…