बीच सडकमा नाच्ने जोडीलाई १० बर्षको जेल
आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले आ–आफ्नो इन्स्टाग्राममा राखेको भिडियो झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू पक्राउ परेका थिए ।

२०८० बैशाख २ शनिबार, राति ८:४३ बजे१ मिनेट पढाइ

एजेन्सी । बीच सडकमा नाच्ने एक जोडीलाई १० बर्ष कैदको सजाय सुनाइएको हो । तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेका एक जोडीलाई १० वर्ष जेल सजाए सुनाइएको छ ।
उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको बिबिसीमा समाचार छ ।
उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ। सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्।
आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले आ–आफ्नो इन्स्टाग्राममा राखेको भिडियो झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू पक्राउ परेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…