अमेरिकामा गोली चल्दा पाँच जनाको मृत्यु
न्यूज ब्यूरो, काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली लागे

२०७९ चैत २८ मंगलबार, बिहान ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।
ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।
उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…