उमेश बचाउको लागि कुवेतबाट नेपाली युवाहरुको ७५ हजार
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । उमेश बचाउको लागि कुबेतबाट नेपाली युवाहरुले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत १२ वर्षदेखि सउदीको जुबेल जेलमा रहेका धनुषाका उमेश यादवलाई सउदी अदालतले पब्लिक राईटको आधारमा मृत्यूदण्ड सुनाएपछि नेपाली दुतावासले एक्सन लिएका छन् । मृत्यूदण्डमा चित्त नबुझेको भन्दै न

२०७५ बैशाख २८ शुक्रबार, राति १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । उमेश बचाउको लागि कुबेतबाट नेपाली युवाहरुले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
विगत १२ वर्षदेखि सउदीको जुबेल जेलमा रहेका धनुषाका उमेश यादवलाई सउदी अदालतले पब्लिक राईटको आधारमा मृत्यूदण्ड सुनाएपछि नेपाली दुतावासले एक्सन लिएका छन् ।
मृत्यूदण्डमा चित्त नबुझेको भन्दै नेपाली दुतावासले पुनरावेदन समेत गुहारेका छन् । यता, नेपालबाट ग्रोविँग नेपाल फाउण्डेशन नामक सँस्थाका अध्यक्ष सरोज रायले उमेश बचाउको लागि पीडित परिवारको माफीनामा पत्र एक मात्र विकल्प रहेको भन्दै पाकिस्तान पुगेर पीडित परिवारसँग भेट गर्दै ३० लाख रुपैयाँ माग गरेको बताएका छन् ।

३० लाख जम्मा गर्ने अन्तिम मिति १२ मे २०१८ सम्म मात्र रहेको भन्दै देशविदेशबाट युवाहरुले उमेश बचाउको लागि चाहिने माफीनामा पत्र वापतको लागि बैँक खातामा मार्फत लाखौँ रकम सहयोग गरेका छन् ।
यता, कुबेतबाट मनोहर कुमार मण्डलको नेतृत्वमा एक कम्पनीमा कार्यरत युवाहरु रामकुमार यादव, जीतेन्द्र मुखिया, उमेश यादव, रमेश श्रेष्ठ, शिवशँकर महतो लगायतका युवाहरुले उमेश बचाउको लागि ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…