मोदीको अभिनन्दनमा गुञ्जियो "जय मधेस" , सिके राउतका कार्यकर्ताहरु पक्राउ
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रम स्थलबाट डा. सिके राउतका कार्यकर्ताहरु पक्राउ परेका छन् । मोदीको जनकपुर भ्रमणको क्रममा जनकपुरको रँगभूमि मैदान बाह्रविघामा मोदीले सम्बोधन गरिरहेको बेला ‘मधेश देशमा स्वागत छ, फ्री मधेश’

२०७५ बैशाख २८ शुक्रबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रम स्थलबाट डा. सिके राउतका कार्यकर्ताहरु पक्राउ परेका छन् ।
मोदीको जनकपुर भ्रमणको क्रममा जनकपुरको रँगभूमि मैदान बाह्रविघामा मोदीले सम्बोधन गरिरहेको बेला ‘मधेश देशमा स्वागत छ, फ्री मधेश’ लेखिएको ब्यानर देखाउने तथा जय मधेशको नारा लगाउने स्वतन्त्र मधेस गठबन्धनका एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

डा. सिके राउत सँयोजक रहेको गठबन्धनका कार्यकर्ताहरुलाई नेपाल प्रहरीले कार्यक्रम स्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका मध्ये ११ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। अन्यहरुलाई जानकी प्रहरी चौकीलगायतको प्रहरी चौकीमा छन्।
पक्राउ पर्नेहरुमा एक महिलासमेत छन् ।
स्वतन्त्र मधेश गठबन्धनका अनुसार पक्राउ परेको जानकारी आएकाहरुमा रंजित यादव, अरुण सहनी, राम शंकर यादव, दीपेन्द्र यादव, शशिकला यादव लगायतका छन्।
अन्तराष्ट्रिय मिडियाहरुले समेत रहेको मोदीको कार्यक्रम स्थलबाट फ्रि मधेस, मधेस देश स्वतन्त्र हो, मै भि सिके, तुम भि सिके जस्तो बैनर टोपी लगाएका दर्जन बढी सिके राउतका कार्यकर्तालाई पक्राउ गरिएको हो ।
केही बेर अभिननन्द कार्यक्रममै जय मधेस को नारा गुञ्जिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…