खेल क्षेत्रमा जनकनन्दिनीले आफ्नो पुरानो पहिचान स्थापित गर्दैछः अध्यक्ष यादव
पेनाल्टि प्रणालीमा सिन्धुलीको टिमले ५ गोल र आयोजक टीम खजुरीले ४ गोल हानेका थिए । सोही प्रणालीबाट सिन्धुली टीम ४–५ को गोलान्तरले विजयी भएको आयोजक महावीर स्पोर्टस क्लबका सचिव सुनिल पासवानले जानकारी दिए । यस्तै, आजको खेल मोरँग र हेटौडाबीच हुनेछ । मोरँग र हेटौडाको खेलाडी र प्रदर्शन हेर्न दर्शकहरुको अधिक भीड बढने अनुमान गरिएको छ ।

२०७९ चैत १६ बिहीबार, बिहान ८:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले खेल क्षेत्रमा जनकनन्दिनी गाउँपालिका आफ्नो नाम स्थापित गर्न थालेको बताएका छन् ।
खेलाडीहरुको क्षेत्र भनेर चिनिने जनकनन्दिनी गाउँपालिकाका खेलाडीहरु विदेश पलायन हुनुपरेको अवस्थाप्रति दुःख प्रकट गर्दै अध्यक्ष यादवले स्थानीय सरकार गठनपछि पुनः पुरानो ट्रयाकमा आउन थालेको जिकिर गरे ।
खजुरीसहित आसपासका गाउँहरुबाट दिग्गज खेलाडीहरुको देनले फुटबल जगतमा छुट्टै पहिचान बनाएको जनकनन्दिनी गाउँपालिकाको युवाहरुको उत्साहको आधारमा रँगशाला समेत निर्माणको अप्रत्यक्ष झलक दिए ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित रहेको परसाहा मैदानलाई विगतदेखि नै मध्यम खाले स्टेडियम निर्माणको लागि चर्चा हुँदै आएको सुनाउँदै उनले समय अनुकुल भए स्टेडियम समेत बन्ने धारणा राखे ।
पाँचौ अध्यक्ष गोल्डकप फुटबलको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जनकनन्दिनी गाउँपालिकाका खेलाडीहरुसहित विभिन्न जिल्लाबाट आउने खेलाडीलाई यहाँको अविस्मरणीय दृश्यलाई देशैभरि दृश्याँनको परिकल्पना गरेको बताए । उनले खेलाडीहरुको क्षेत्र भनेर चिनिने जनकनन्दिनी गाउँपालिकाले आफ्नो पहिचान पुनः स्थापित गर्न थालेको जिकिर गरे ।
जनकनन्दिनी गाउँपालिकाका अमर, पप्पु लगायतका खेलाडीहरुको नाम फुटबल जगतमा देशव्यापी रुपमा चर्चित थियो । आर्थिक मन्दी र परिवारिक तनावले उनीहरु पलायनको अवस्था सृजना भएको थियो ।

उदघाटन खेलमा सिन्धुली विजयी
बुधबारदेखि सुरु भएको पाँचौ अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उदघाटन अर्थात पहिलो खेलमा सिन्धुलीको टीम विजयी भएका छन् । निश्चित समयमा दुवै टिम बराबरीमा अडकिएपछि पेनाल्टि प्रणालीबाट खेल समापन गराइएको थियो ।
पेनाल्टि प्रणालीमा सिन्धुलीको टिमले ५ गोल र आयोजक टीम खजुरीले ४ गोल हानेका थिए । सोही प्रणालीबाट सिन्धुली टीम ४–५ को गोलान्तरले विजयी भएको आयोजक महावीर स्पोर्टस क्लबका सचिव सुनिल पासवानले जानकारी दिए ।
सिन्धुली टिमबाट खेलेका सुरेश सदा खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई अध्यक्ष यादवले पुरस्कार हस्तान्तरण गरे ।
यस्तै, आजको खेल मोरँग र हेटौडाबीच हुनेछ । मोरँग र हेटौडाको खेलाडी र प्रदर्शन हेर्न दर्शकहरुको अधिक भीड बढने अनुमान गरिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…