भोली सार्वजनिक विदा
मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।

२०७९ चैत १५ बुधबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली विहिबार १६ गते सार्वजनिक विदा हुने भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो ।
मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…