मधेशका मिटरब्याजी पीडित किसानको लागि कृषिमन्त्री कुशवाहाको पहल, निरन्तर बैँकहरुसँग छलफल
ऋणको दर ५ देखी ७ प्रतिशत हुने अनुमान गरिएको छ। यसमा भूमिहीन किसान देखी निम्न वर्गीय साना किसानको खेती कार्य, खाद्य उपजबाट संचालन हुने उद्योग, कृषि उपजको बजारीकरण, बीऊबिजनको उत्पादन, कृषि उपकरण उत्पादन, खरीद र बिक्री आदि समेत यो ऋणबाट प्रयोग गर्न सकिने छ।

२०७९ चैत १५ बुधबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा मीटरब्याजीको समस्या न्यूनीकरण गर्न कृषि मन्त्री ई. बसन्त कुशवाहाले आफ्नो पहलकदमी जोडतोडले गरेका छन् ।
मधेश प्रदेशमा मिटर ब्याजीको समस्या दिन प्रति दिन विकराल हुँदै गएको अवस्थामा सोबाट पिडित किसानवर्गको समस्या समाधानको लागि कृषिमन्त्रीले सम्बन्धित निकायहरुसँग निरन्तर छलफलमा व्यस्त भएका छन् ।
“यसमा खासगरी गरीब किसानहरु पीड़ित छन्। यसको स्थायी समाधानका लागी मधेश प्रदेशका कृषि मन्त्री ई. बसन्त कुशवाहाले पहल शुरू गरेका छन्।”– उनको नीजि सचिवालयले जनाएको छ ।
मधेश प्रदेशमा किसानहरु किसानी कार्यका लागी चर्को ब्याज दरमा साहुहरुसंग ऋण लिने गरेका छन्। यसका लागी मन्त्री ई. कुशवाहा केही दिन देखी काठमाण्डौका केही ठुला बैंकका ब्यवस्थापकहरुसंग छलफलमा व्यस्त छन्। यी बैंकहरुले सहुलियत ब्याज दरमा सहज प्रक्रिया मार्फ़त ऋण उपलब्ध गराउने छ।
ऋणको दर ५ देखी ७ प्रतिशत हुने अनुमान गरिएको छ। यसमा भूमिहीन किसान देखी निम्न वर्गीय साना किसानको खेती कार्य, खाद्य उपजबाट संचालन हुने उद्योग, कृषि उपजको बजारीकरण, बीऊबिजनको उत्पादन, कृषि उपकरण उत्पादन, खरीद र बिक्री आदि समेत यो ऋणबाट प्रयोग गर्न सकिने छ।
ऋणको सही सदुपयोगका लागी कृषि सेवा केन्द्र, बिज्ञ केन्द्र, कृषि परामर्श सेवा तथा कॉल सेण्टर समेत संचालन गरी किसानलाई कृषि कार्यमा सहजीकरण हुने जनाईएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…